ललितपुर, जेठ २९, ललितपुरस्थित हिमालय होटल पुल्चोकमा दक्षिण एसियाली मुलुकहरूमा धर्म र आस्थाको सन्दर्भमा वर्तमान अवस्थाबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रेलिजियस लिबर्टी फोरम नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा वर्तमान अवस्थामा धार्मिक स्वतन्त्रता र राज्यद्वारा बनाइएका नीति नियमहरू र मानवअधिकार सम्बन्धिको विषयलाई समेटिएको थियो।
सोही अवसरमा “धर्म तथा आस्थाको स्वतन्त्रता” पुस्तक विमोचन गरिएको थियो। विमोचन कार्यक्रममा विभिन्न धर्मका धर्मावलम्बी र प्रतिनिधिहरू र विशेष् व्यक्तित्वहरूको उपस्थितिमा पुस्तक विमोचन गरिएको थियो। विमोचन कार्यक्रमको प्रमुख अतिथि माननीय मोहना अन्सारी, सदस्य, राष्ट्रिय मानव अधिकार आयोगको हुनुहुन्थ्यो भने अतिथिहरूमा माननीय अत्तहर कमल मुसलमान, सदस्य, संघीय व्यवस्थापिका प्रतिनिधिसभा सचिवालय काठमाडौं, नरेन्द्र पाण्डे, पूर्वप्रशासकीय अधिकृत, नेपालका लागि संयुक्त राष्ट्र, संघीय मानव अधिकार उच्च आयोग, काठमाडौं, त्यसैगरी केशब चौलागाईं, विश्व हिन्दुमहासंघ राष्ट्रिय कार्य समिति सचिब, डा तीर्थ थापा, समाजसेवी, श्री नमन उपाध्याय, सचिव, जैन धर्म सेवा समिति तथा अध्यक्ष, राष्ट्रिय अन्तरधार्मिक सञ्जाल नेपाल, त्यसैगरी श्री दंगध्वज खोयाहाङ, किराँत धर्म तथा साहित्य उत्थान, डा मन्जु मित्र, प्रिन्सिपल अफ जर्नालिज्म अफ मास्क कम्यूनिकेसन, तेहमिना अरोरा, कोअर्डिनेटर, एडिएफ। कार्यक्रमको अध्यक्षता रेलिजियस लिवर्टी फोरमका अध्यक्ष पास्टर टंक सुबेदीले गर्नुभएको थियो।
विमोचन कार्यक्रममा अतिथिहरूले मनतव्य राख्ने क्रममा “धर्म तथा आस्थाको स्वतन्त्रता” पुस्तक सबै धर्ममा आस्था राख्ने र नराख्नेहरूको लागि पनि धेरै महत्वपूर्ण भएको टिप्पणी गर्नभएको थियो। राष्ट्रिय, अन्तराष्ट्रिय मानवअधिकार र आस्थाको विषयमा लेखिएको हुनाले यसले सबैको विचारलाई समेटेको कुरा अतिथिहरूले टिप्पणी गर्नुभएको थियो। धर्म तथा आस्थाको स्वतन्त्रता पुस्तकका लेखक बि पि खनालले सानो पुस्तकमा सबै कुरालाई समेटेको समेत अतिथिहरूले टिप्पणी गर्नुभएको थियो। पुस्तकमा धर्म मान्ने वा आस्था राख्ने नागरिक, वकिल, राजनीतिज्ञ, कलेजका विद्यार्थीहरू, नास्तिकका साथै अल्पसंख्यक धर्मावलम्बीहरूलाई समेत यो पुस्तक फाइदाजनक हुने टिप्पणी आएका थिए।
धर्म तथा आस्थाको स्वतन्त्रता पुस्तक भित्र निम्नानुसारका विषयहरू समावेस गरिएका छन्:
धर्म तथा आस्थाको स्वन्त्रता, मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा धर्मको स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्र र नेपालको सन्दर्भमा समेत समेटिएको छ। साथै नेपालमा संविधान विकासक्रम र मौलिक हकसम्बन्धि कानुनी व्यवस्था, लोकतन्त्र, मौलिक हक अधिकारहरू र धर्मको स्वतन्त्रताबीच अन्तरसम्बन्ध, धर्म निरपेक्षता र नेपाली राजनीति, धार्मिक राष्ट्रवाद र अल्पसंख्यक धार्मिक समुदायहरूमाथि दमन, नेपालमा अल्पसंख्यक धार्मिक समुदायको सरोकार थप परिशिष्टहरूमा मुलुकी ऐन, २०७४ सरोकारका मुख्य दफाहरू, फौजदारी अपराध संहितामा सुझावका लागि पठाइएको नमूना सुझावपत्र र राष्ट्रिय धार्मिक आयोग, महत्व र स्वरुपसम्बन्धमा अवधारनापत्रहरू यस पुस्तकमा समावेस गरिएका छन्।
वर्तमान राजनीति र धार्मिक अभ्यासहरूको सम्बन्धमा नजिकबाट जान्न यो पुस्तक अध्ययन गरेमा थाहा गर्न सकिनेछ।
Discussion about this post