ललितपुर, जेठ २, नेपाली इसाई मण्डली धोबीघाटका पास्टर प्राध्यापक डा. राजेन्द्र कुमार रोंगोंग आज विहान ८९ वर्षको उमेरमा प्रभुमा विश्राम लिनुभएको छ। प्राप्त जानकारी अनुसार उहाँ पाटन अस्पतालमा उपचारको क्रममा प्रभुमा विश्राम लिनुभएको छ। नेपाली इसाई मण्डली ललितपुरमा पास्टरीय सेवा गर्दै हुनुहुन्थ्यो। विद्यार्थी जीवनदेखि येशू ख्रीष्टलाई पाउनुभएका डा. राजेन्द्र कुमार रोङ्गोङ् केहिसमयदेखि फोक्सो र मुटुको रोगले ग्रसित हुनुहुन्थ्यो। पास्टर राजेन्द्र रोङ्गोङ् ख्रीष्टियन क्षेत्रमा परिचित र नेपालमा त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गरी योगदान पुर्याउनुभएको थियो।
२४ अप्रिल १९३० मा कालिम्पोङ्गमा जन्मिनु भएका डा राजेन्द्र रोङ्गोङ् सन् १९५० देखि नै प्रध्यापन गराउँदै आउनुभएको थियो। अमेरिकाको साउद्रन इलिनोरिस विश्वविद्यालयबाट पाठ्यक्रम तथा शिक्षणमा विद्यावारिधि गर्नु भएको थियो। विभिन्न शैक्षिक संस्थाहरूमा पढाउनुभएका डा. रोङ्गोङ् त्रिभुवन विश्वविद्यालको राष्ट्रिय विकास सेवा (१९७४-१९७५) र पाठ्यक्रम विकास केन्द्र (१९७५-१९९०) को प्रमुख पनि हुनुहुन्थ्यो । साथै ख्रीष्टियन क्षेत्रमा नेपाल विश्वविद्यालय ख्रीष्टियन विद्यार्थी सङगति र अन्य ख्रीष्टियान सङ्घ-संस्थाहरूमा पनि आबद्ध भइ सेवा पुर्यानुभएको थियो। डा रोङ्गोङ्का लेख, रचनाहरू, पुस्तकहरू विभिन्न विधामा प्रकाशित छन् ।
Discussion about this post