ललितपुर- साउथ एसियन क्रिश्चियन युथ नेटवर्कको आयोजनामा ललितपुर स्थित बखुण्डोलमा भ्यालिका युवाहरूको भेटघाट तथा संगति भएको छ। विभिन्न सेवाका क्षेत्रहरूमा आवद्ध युवाहरूको लागि संगति र भेटघाटको लागि अवसर मिलेको थियो । सोही अवसरमा ग्रेस मुनले आफ्नो सेवाको बारेमा बताउँदै युवाहरू नै सेवाको क्षेत्रमा बढ्न उत्साह दिनुभएको थियो। त्यसै गरी डा. रोजरले पनि युवाहरूलाई उत्साह दिनुभएको थियो सोही अवसरमा भिनोद भिक्टोरले पनि युवाहरूले सेवाको क्षेत्रहरूलाई बढाउँदै लान सक्ने कुरामा जोड दिइ उत्साह दिनुभएको थियो। स्याकिन नेपालका संयोजक बिकास अधिकारीले उपस्थित पाहुना र युवाहरूलाई स्वागत गर्नुभएको थियो। स्याकिनले दक्षिण एसियामा युवाहरूको बीचमा संगतिको लागि सम्बन्ध राख्दै आएको छ।
युवा अवस्थामा धेरै इच्छा शक्ति, चाहना र अवसरको खोजिमा हुने हुँदा युवाहरूलाई सहि शिक्षा र अवसर दिन सकेमा सेवा संगति विस्तार र सुसज्जित समाज निर्माणमा ठुलो टेवा पुग्नेछ। कुनै समयमा राजनीतिक दलहरूले युवाहरूलाई विभिन्न खालको आन्दोलनमा प्रयोग गरे। विभिन्न क्षेत्रमा गलत तरिकाले युवाहरूलाई प्रयोग गर्नाले यतिबेला आफ्नो देस प्रति युवाहरूको सकरात्मक सोचाइ देख्न सकिदैन। आफ्नो देसमा केहि गरौं भन्ने वातावरण सिर्जना गर्न नस्कनु नै राज्यको लागि ठुलो क्षति हो। सकरात्मक सोच र भविष्यको आशा दिने भनेको वचनको शिक्षा नै हो। वचनको शिक्षाको साथै सेवाको निम्ति अवसर दिन सक्नु अहिलेको आवश्यकता हो । सेवाका क्षेत्रहरू, दर्शन र कार्य क्षेत्रहरू फरक भएपनि परमेश्वरको सेवाको काममा एकले अर्कालाई हौसला उत्साह दिइ युवाहरूलाई सेवाका कामहरूमा अग्रसर बनाउन हरेक क्षेत्र र चर्चहरूबाट युवाहरूलाई उत्साहित बनाउन आवश्यक छ। नेपालमा हरेक चर्चहरूमा युवाहरूको संगतिको लागि स्थानिय पास्टर तथा अगुवाहरूले संगति, बाइबलको शिक्षाका साथै उत्साह दिनु आवश्यकता छ।
Discussion about this post