ललितपुर- बैशाख ४, हेब्रोन मण्डली उर्लाबारी नेपालको शाखा मण्डली सातदोबाटोमा विशेष कार्यक्रमका साथ उद्घाटन भएको छ। मण्डली उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष तथा पास्टर के बी राई र प्रकाशको हातबाट रिबन काटेर शाखा मण्डली सातदोबाटो हेब्रोन मण्डलीको उद्घाटन भएको छ। हेब्रोन मण्डलीले नवौं वर्षको अवधिमा १३ वटा मण्डली स्थापना गर्न सफल भएको छ। उर्लाबारी मोरङमा बि सं २०५७ सालमा सुन्यबाट सुरू भएको मण्डलीले ९ वर्षको अवधिमा आत्याधमिक कार्य वा संगति मात्रै नभएर समाजमा रहेका दीन दुखी असहायहरूलाई सेवा गर्दै पनि आएको छ। मण्डलीको साधन र श्रोतबाट चेलापनमा हुर्काउने र मण्डली विस्तार गर्नमा हेब्रोन मण्डलीबाट पनि राम्रो उदाहरण लिन सकिन्छ।
उद्घाटन समारोहमा पास्टर प्रकाश सुब्बाले परमेश्वरको वचनबाट मण्डलीको परिभाषालाई स्पष्ट्याउनुभएको थियो। मण्डली परमप्रभुको हो। कुनै व्यक्तिको, संस्थाको हुँदैन। व्यक्तिहरू सेवा पुर्याउन मात्रै बसेका हुन् भन्ने कुरालाई जोड दिँदै ठाउँ ठाउँमा आवश्यकता अनुसार स्थापना हुन आवश्यक भएको कुरा बताउनुभएको थियो।
हेब्रोन मण्डली सातदोबाटोको पास्टर बि एम राईले सेवा पुर्याउँदै आउनुभएको छ। उद्घाटन कार्यक्रममा विभिन्न मण्डलीका पास्टर अगुवाहरूको सहभागिता रहेको थियो। उद्घाटन समारोहमा प्रार्थना, शुभकामना सन्देश विभिन्न पास्टर, अगुवाहरूले दिनुभएको थियो।
हेब्रोन मण्डली उर्लाबारीले केही महिना अगाडि माघ महिनामा एकै पटक १९ जना सेवकहरूलाई पास्टर, एल्डर र डिकनमा अभिषेक गरेको थियो। यसरी नयाँ मण्डली स्थापना गर्नलाई बाइबलको तालिम, चेलापनमा हुर्काउने र नयाँ स्थानमा मण्डली सुरू गर्नमा पास्टर केबी राई र मण्डली परिवारको पहिलो प्रार्थामिकता रहेको छ।
नेपालमा पछिल्लो समय मण्डली बृद्धि हुनुलाई बैदेशिक सहायता वा डलरले हो भन्ने आम मानिसको सोचाइ र भनाईलाई अहिलेका मण्डलीहरुले साँचो नभएको प्रमाणित गर्दै आएका छन्। यस कार्यमा हेब्रोन मण्डली उर्लाबारीलाई पनि लिन सकिन्छ। हेब्रोन मण्डलीले स्थानिय व्यक्तिहरूसँग मिलेर सामाजिक कार्य पनि गर्दै आएको छ।
Discussion about this post