मण्डली भवन उद्‌घाटन तथा अगुवा अभिषेक कार्यक्रम सम्पन्न

[ 0 ] April 17, 2018 |

प्रकाश घले, काठमाण्डौं- वैशाख-३, नयाँ वर्षको आगमन संगै काठमाडौको तारकेश्वर नगरपालिका -११ नेपालटार स्थित काठमाडौ बिजय मण्डली भवन उद्‌घाटन तथा अगुवा अभिषेक कार्यक्रम सम्पन्न भएको छ। सेर्तुङ बिजय मण्डलीको शाखा मण्डलीको रुपमा बि. स‌ं. २०७३ सालमा काठमाण्डौ बिजय मण्डली नामकरण गरी सङ्गती गर्दै आएको छ। उक्त मण्डली सोमबार विविध कार्यक्रम बीच वरिष्ठ पास्टर लोक बहादुर तामाङ, मण्डलीका पास्टर उद्धब सिङ तामाङ ज्युको हातबाट औपचारिकरुपमा उद्‌घाटन भएको हो । सोही अवसरमा तीन जना अगुवाहरू बिरमान तामाङलाई एल्डरमा अभिषेक गरियो भने, बम बहादुर बि क र रेशम तामाङलाई डिकनमा अभिषेक गरिएको छ। पास्टर लोकबहादुर तामाङद्वारा अभिषेक कार्यक्रम गरिएको थियो।   स्थानीय तथा छिमेकी मण्डलीका विस्वासीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अगुवाहरुको लागि पास्टर लोक बहादुर तामाङ ज्यु बाट उत्साहको वचन बोल्नु भएको थियो । कार्यक्रमको सञ्‍चालन सेर्तुङ बिजय मण्डलीका पास्टर नलामान तामाङले गर्नु भएको थियो भने एल्डर फुलमान तामाङ ले अतिथि हरुको स्वागत गर्नुभएको थियो।
अबदेखि मण्डलीको प्रभुभोज, सेवा संगतिको कार्य अभिषेक भएका अगुवाहरूले गर्नेछन्।

 

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4