प्रकाश घले, चेत्र -१३ नुवाकोटको किस्पाङ गाउँपालिका इसाई समाज र ख्रिस्टिय युवा एकता समिती किस्पाङको सयुक्त आयोजनामा बृहत पुर्नरुत्थान तथा सुसमाचारिया महोत्सव किस्पाङ गा पा प्राङ्गणमा यहि चैत १८ गते हुने भनिएको छ । आयोजकका अनुसार येसु ख्रिस्टको पुर्नरुत्थानको घोषणा तथा सुसमाचार मानिसहरूको बीचमा पुर्याउने उद्देश्यले हुने भनिएको यस महोत्सवमा रास्ट्रिय स्तरका कलाकार हरुको समेत सहभागिता हुने छ । जसमा हास्यकलाकार सुलेमान शंकर(इकु), स्वर सङग्राम बिजेता ध्रुव तामाङ साथै अन्य कलाकारहरुको समेत प्रस्तुति हुने भनिएको छ । ख्रिस्टिय युवा एकता किस्पाङका अध्यक्ष खोसमान तामाङका अनुसार गाउँपालिका भित्रका दर्जन भन्दा बढी मन्डली हरुबाट रेलि सहितको सहभागिता हुने जानकारी दिनुभएको छ, कार्यक्रममा विशेष वक्ताको रुपमा पास्टर अशोक अधिकारी ज्यु रहनु हुनेछ । बिगतको बर्ष हरुमा नुवाकोट जिल्ला भरका सम्पुर्ण मण्डलीहरु एकै ठाउमा भेला भै मनाउदै आएको इस्टर महोत्सव यस बर्ष भने आ-आफ्नै गाउँ पालिका मनाउने तयारी गरेको नुवाकोट युथ रिभाइबल कमिटीका अध्यक्ष एनोक तामाङ ले जानकारी दिनु भएको छ ।
Discussion about this post