इलाम- २५ माघ, झापा जिल्लाको भद्रपुरस्थित आयोजित छैठौं राष्ट्रिय कर दिवस २०७४ को अवसरमा आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा बढी आयकर तिर्ने सहकारी संस्था ‘प्रकृति कृषि सहकारी संस्था लिमिटेड’का संस्थापक अध्यक्ष पास्टर टेक बहादुर राई सम्मानित हुनुभएको छ। पूर्वाञ्चलको मेची अञ्चलमा नै सबैभन्दा बढी कर तिर्नेमा प्रकृति सहकारी संस्था लि. वर्ष कै उत्कृष्टमा गनिएको छ। सहकारी संस्थाका संस्थापक अध्यक्ष पास्टर टेक बहादुर राईले पाँच वर्ष अगाडि चर्चबाट सहकारी संस्था सुरूभएको जानकारी गराउनुभयो। सहकारीबाट कारोबार धेरै हुनथालेपछि अहिले चर्चभन्दा वाहिर इलाम बजारमा सहकारी कार्यालय छ। पारदर्सीता र असल व्यवस्थापनले नै सहकारी राम्रो भएको कुरा पास्टर राई बताउनुहुन्छ। सहकारीमा करिब १ करोडको सेयर रहेको छ। करिव १७०० सेयरधनीहरू हुनुहुन्छ। ११ जना कर्मचारीहरु कार्यरत रहेको कुरा पास्टर राईले जानकारी गराउनुभयो।
Discussion about this post