ललितपुर, प्रमिस प्रोडक्सनले नेपाल टेलिभिजनमा प्रसारण गर्दै आएको बाल कार्यक्रम ‘खुसीको संसार’ को दश वर्ष पूरा गरेको शुभअवसरमा उत्सव मनाएको छ। खुसीको संसारको १०औं वार्षिक उत्सव नेपाल थियोलोजिकल कलेज सातबाटोमा मनाएको थियो । ज्ञानवर्दक र जानकारीमुलक रमाइलो कार्यक्रम खुसीको संसार सन् २००७ अक्टोबरदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ। बालबालिकालाई नैतिक मूल्य र मान्यता सिकाउने, स्वास्थ्य तथा सुरक्षाका बारेमा सचेत गराउने रचनात्मक कार्यक्रमले धेरैको मन जितेको छ र दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएका छन्। खुसीको संसार बाल कार्यक्रम हरेक बुधबार साँझ ५:०५ बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ।
उत्सवमा खुसीको संसारका केहि भागहरू पनि देखाइएको थियो साथै बाल नृत्य प्रस्तुत गरिएका थिए। परमेश्वरको वचनबाट कार्यक्रममाका प्रमुख अतिथि डा बालकृष्ण शर्माले ख्रीष्टमसको सन्देश दिनुभएको थियो। प्रमुख अतिथि डा. शर्माबाट दशक स्मारिका बिमोजन गरिएको थियो। खुसीको संसारको दशौ वर्षको अवसरमा विभिन्न कलाकारहरु, कर्मचारीहरु, बोर्ड सदस्यहरु, स्यमसेवकहरुलाई प्रमिस प्रोडक्सन्स् प्रा. लीबाट प्रशंसा पत्र र मायाको चिनो प्रमिस मेडियाका निर्देशक बेनि कार्की र प्रमुख अतिथि डा बालकृष्ण शर्माको हातबाट प्रदान गरिएको थियो।
Discussion about this post