अर्घाखाँची जिल्लाको पोखराथोकबाट खिचिएको हिमालको दृष्य।
हिमाल, पहाड र तराईको सुन्दरता र विविधताको साथै नेपालमा सबै खालको मौसम पाइन्छ।
ठाउँ ठाउँबाट देखिने हिमालले जोकोहिलाई निकै आकर्षित बनाउछन्। यहाँ आकर्षित देखिने तस्वीर अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने पोखराथोकबाट खिचिएको हिमालको दृष्य हो।
हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु नेपालमा पर्दछन् । उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा (८,८४८ मि) देखि लिएर संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ वटा चुचुरा नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ ।
Discussion about this post