काठमाडौं, कार्तिक १, विशेष् गरी ख्रीष्टियन यूवाहरूलाई लक्षित गरी तिहार पर्वको विदालाई अवसर पारी एसेम्बली अफ गड नेपालले हरेक वर्ष नेपालभरी ख्रीष्टिय राजदुत शिविर राख्दै आएको छ। यस वर्ष पनि नेपालका विभिन्न ठाउँहरूमा राजदुत शिविर आजबाट सुरू भएका छन्।
“युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर।” उपदेशक १२:३ विषयमा सुदूरपश्चिम ख्रीष्टिय राजदूत शिविर २०७४ कन्चनपुरमा आज बेलूका उद्घाटन भएको छ। ख्रीष्टिय राजदूत शिविरको उद्घाटनमा राष्ट्रिय गित गाएपछि एसेम्बली अफ गड नेपालका अध्यक्ष तथा पास्टर रेभ जोसेफ श्रेष्ठले प्रार्थना गर्नुभएको थियो। वक्ताहरूले संयूक्तरुपमा दिप प्रज्वलन पनि गर्नुभएको थियो। सांस्कृतिक भेषभुषामा युवाहरुले आराधना संगति गरेका थिए। प्रेमको सन्दर्भमा जोड्दै वक्ता डग जेकवले वचन प्रचार गर्नु भएको थियो।
सुदूरपश्चिमका सबै जिल्लाहरूबाट ख्रीष्टियन यूवाहरू सुदूरपश्चिम ख्रीष्टिय राजदुत शिविर कन्चनपुरमा सहभागि भएका छन्। आज मात्रै २००० भन्दा बढि यूवाहरूले दर्ता गरिसकेका छन्। लगभग ३५०० युवाहरूको सहभागिता हुने अनुमान गरिएको छ। कार्तिक १ गते बेलुकाबाट सुरू भएको राजदुत शिविर कार्तिक ४ गतेसम्म हुने कुरा एजिएन सुदूरपश्चिमाञ्चलका क्षेत्रिय अध्यक्ष पास्टर नरिलाल दहितले जानकारी गराउनुभएको छ।
ख्रीष्टिय राजदूत शिविरमा “युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर।” विषयमा विभिन्न वक्ताहरूले वचन प्रचार गर्नुहुनेछ। शिविर अवधिभर परमेश्वरको उपस्थितिमा आत्मिक सभा हुनेछ। प्रमुख वक्ताहरूमा डग जेकव, अब्राहम मनस्य, जे बी, र रेभ जोसेफ श्रेष्ठले उक्त विषयमा बाइबलबाट प्रचार गर्नुहुनेछ। साथै अन्य वक्ताहरूले पनि सिकाउनुहुने कुरा क्षेत्रिय अध्यक्ष दहितले जानकारी गराउनुभएको छ।
Discussion about this post