असोज ३०,इजरायल । इजरायलको राजधानी जेरुशलेममा सुरू भएको “ख्रीष्टियन मिडिया सम्मेलन” को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बेन्जामीन नेत्यानेहुले सम्वोधन गर्नुभएको छ । सम्वोधनको क्रममा प्रधानमन्त्री नेत्यानेहुले भन्नुभयो, “सबैलाई यहूदीहरूको अनन्त एकिकृत राजधानी येरूशलेममा स्वागत गर्न चाहन्छु। ” उहाँले “हामी धार्मिक स्वतन्त्रताको लागि र पवित्र शहर मुक्त र एकताबद्ध भएको ५०औं वर्ष मनाउँदैछौं । र तपाईं वरपर जहाँ हिंड्नु हुन्छ, तपाईं पवित्र स्थलहरूमा चाहे तपाईं चर्च जानुहुन्छ, अरु मस्जिदहरूमा जानुहुन्छ, र तपाईलाई थाहा छ यो नि: शुल्क शहर हो।इजरायलसँग राम्रो साथीहरू छैनन्, त्यसको अर्थ – इजरायलको लागि विश्वभरका क्रिश्चियन समुदायहरू भन्दा विश्वमा कुनै राम्रो मित्र छैन। र इजरायल एक विशाल क्षेत्र मा रहेको एउटा देश हो जहाँ क्रिश्चियन केवल जीवन जिउँदैनन् मात्र तर बलियो पनि हुन्छन् ” भन्नुभयो । प्रधानमन्त्री नेत्यानेहुले क्रिश्चियन सञ्चारकर्मीहरूले धार्मिक स्वतन्त्रताको पक्षमा, इजरायलको इतिहास र तथ्य समाचार प्रसारण/प्रकाशनमा सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । यस अभियानमा आफु पनि सँगै खडा रहेको प्रतिकृया दिनुभयो । उहाँले इजरायलको लोकतान्त्रिकताको बारेमा सत्य उजागर गरेकोमा र इजरायलसँग सँगै उभिएकोमा धन्यवाद दिनुभयो । सम्बोधनको अन्तयमा उहाँले “इजरायल सरकार सबैप्रति गहिरो कृतज्ञता प्रकट गर्दछ”, भन्नुभयो । सम्वोधन लगत्तै प्रधानमन्त्रीले सञ्चारकर्मीहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिनुभयो । इजरायलको इतिहासमै पहिलोपल्ट आयोजन भएको अन्तरराष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन सबैको चासोमा रहेको इजरायल राष्ट्र र ख्रीष्टियन समुदायवीचको सम्बन्धको विषयमा केन्द्रित छ । सम्मेलको दौरानमा इजरायली राष्ट्रपति रियुभेन रविलिन, विभिन्न मन्त्रीहरु र जेरुशलेम नगरपालिकाको मेयरसँग छुट्टाछुट्टै भेटघाट र अन्र्तक्रिया गर्ने कार्यक्रम छ । इजरायली सरकारले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय “ख्रीष्टियन मिडिया सम्मेलन”मा भाग लिन विश्वभरका ७० वटा ख्रीष्टियन मिडिया संगठनका प्रतिनिधिहरू, १४० जना टेलिभिजन,रेडियो तथा पत्रपत्रिकामा कार्यरत श्रमजीवि पत्रकारहरु इजरायलमा छन् । सम्मेलन अक्टोबर १८ तारिखसम्म चल्नेछ ।
Discussion about this post