काठमाडौं- असोज ३१, नेपाल संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। परिषद् सदस्यका लागि निर्वाचनमा उत्रिएका एशियाका पाँच देशमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ। अमेरिकाको न्यूयोर्कमा सोमबार साँझ निर्वाचन सम्पन्न भएको थियो।
मानवअधिकार परिषद्को सदस्ययमा एसियाबाट नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान बिजयी भएका छन्। एसियाबाट संयुक्त राष्ट्संघ मानवअधिकार परिषदमा चार सदस्य रहन पाउने व्यवस्था छ। निर्वाचनमा नेपाललाइ १ ६६ देशले समर्थन गरेका थिए भने कतारलाइ १५५, पाकिस्तानलाइ १५१ र अफगानिस्तानलाइ १३० देसले मतदान गरेका थिए। नेपाल पहिलोपटक सम्मानित मतदान सहित निर्वाचित भएको छ । मानवअधिकार प्रति प्रतवद्दता जनाउनकालागी यो मन्च महत्वपुर्ण मानिन्छ।
Discussion about this post