मुस्ताङ, झोङ गाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हाल बाह्रगाउँ मुक्तिक्षेत्र गाउपालिका अन्तर्गत पर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार झोङ गाँउ विकास समितिको कूल जनसङ्ख्या २५३ मध्ये ११२ पुरुष र १४१ महिलाहरू ८५ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन। झोङ गाउँमा प्राचिन दरबारको केहि भग्नावशेष अझै पनि देख्न सकिन्छ। स्थानियहरू यस दरबारको विषयमा पूर्खाहरूको अनुसार उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा छुट्टाछुट्टै राज्य भएको कुरा बताउँछन् तर यो दरबारको सन्दर्भमा त्यति राम्रो ज्ञान नभएको बताउँछन्। झोङ गाउँको तस्वीर मुक्तिनाथबाट खिचिएको हो।
Discussion about this post