४ जना इसाईहरू थुनामुक्त
झूठो आरोपमा ५ वर्षको जेल सजायँमा परेका ४ जना इसाईहरू थुनामुक्त भएका छन् l
थुना मुक्त हुनुहुनेहरूमाः सुकलाल परियार, गंगा परियार, लाली पुन र बिमकली बुढा रहेका छन्। बन्दीहरूलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराज, महासचिव पदमनाथ पराजुली, केन्द्रिय सदस्य बल बहादुर ताम्राकार र फ्रिडम फर अल नेपालका सचिव, मानवअधिकारकर्मी खगेन्द्र ओलीको रोहवरमा थुनमुक्त गरिएका हुन्।
थुनामुक्त हुनुभएकोमा चाह्रैजना बन्धीहरू तथा सम्लग्न सबैलाई हार्दिक बधाइ तथा परमेश्वरलाई महिमा होस्।
पिडितहरूको पक्षमा जुट्नुभएका राष्ट्रिय ख्रीष्टियान महासंघ तथा सम्पूर्ण इसाई समुदायहरू धन्यवादको पात्र हुनुहुन्छ। यो कार्यमा जुट्ने सबैलाई परमेश्वरले इनाम दिनुहुने कुरालाई ध्यानमा राखेर सबैले पावलले जस्तो मन बोक्न सकेको होस्, “जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु।” (फिलिप्पी १:१८)। यी सबै कार्यबाट सुसमाचार अझै फैलिएको होस्।
Category: socio-political