ललितपुर, श्रावण १, नेपाली भाषामा प्रकाशित पहिलो पूर्ण जीवन अध्ययन बाइबलको विमोचन कार्यक्रममा पास्टर रोवर्ट कार्थकद्वारा दिप प्रज्वलन गर्दै गरेको दृष्य। पास्टर रोवर्ट कार्थकद्वारा दिप प्रज्वलन गरेपछि कार्यक्रम औपचारिक रूपमा सुरू भएको थियो। पास्टर रोवर्ट कार्थकको साथमा नेपाल थियोलोजिकल कलेजका प्रिन्सीपल तथा पूर्ण जीवन अध्ययन बाइबल परियोजनाका संयोजक डा बालकृष्ण शर्मा।
नेपाली भाषामा बाइबल सम्बन्धि गहन अध्ययन गर्नको लागि लाभदायक सामाग्रीहरु पाउन निकै गाह्रो छ। बाइबललाई वृहत रूपमा अध्ययन गर्नको लागि पूर्ण जीवन अध्ययन बाइबल निकै लाभदायक छ। नेपाली पास्टर अगुवाहरूको लागि अति नै उपयोगि छ।
Discussion about this post