मनाङ- सुन्दरताको खानी मानिने मनाङ जिल्लाको स्वर्गद्वारी ठाउँको तस्वीर। यो सिङ्गै चट्टानको पहाड हो। सिङ्गै चट्टान, निलो आकास र बादलको समिश्रणको सौन्दर्यताले गर्दा नै यसको नाम स्वर्गद्वारी भएको हुनुपर्छ। धार्मिक आस्था राख्नेहरूले यसठाउँलाई पवित्र मान्दछन्।
पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत गण्डकी अञ्चलमा पर्ने मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित जिल्ला हो । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपुर्ण छ । प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखामा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको गन्तब्य मार्ग, बहुमुल्य जडिबुटि र वनसम्पदा, अपार जलश्रोत र ,जौविक विविधताले भरिपुर्ण छ ।
Discussion about this post