ललितपुर, ४ चैत्र, गत वर्षहरू जस्तै गरी यस वर्ष पनि नेपाल अगुवा सम्मेलन मार्च १३,१४,१५ र १६ तारिखका दिन परिवर्तित जीवन संगति बागडोल, ललितपुरमा सम्पन्न भएको छ। “प्रभुले सिकाउनु भएको प्रार्थना” विषयमा १०० जना पास्टर तथा अगुवाहरूलाई सम्मेलनमा सिकाइएको थियो। रूकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, धादिङ र नुवाकोट जिल्लाहरूका पास्टर अगुवाहरुको शिक्षालाई प्राथामिकता दिएर सम्मेलनमा विभिन्न विषयहरुमा सिकाइदै आएको छ।
आइटीन, फेमिली अफ गड चर्च र किंग्स चर्च वकिङहामको संयूक्त आयोजनामा भएको सम्मेलनका प्रमुख वक्ताहरू इयन र जोनाथन हुनुहुन्थ्यो। तीनदिनसम्म भएको सम्मेलनमा ११ वटा सेसनमा प्रभुले सिकाउनुभएको प्रार्थनालाई विभाजन गरी सिकाइएको थियो। सहभागीहरूबाट पनि प्रतिक्रिया र आशिष बाँड्ने मौका दिइएको थियो जसले गर्दा मण्डलीमा शिक्षाको आवश्यक्ता र सिकेको कुरा स्थानिय चर्चहरूमा व्यवहारिक हुनसकोस् भनि बढि जोड दिइएको थियो। पास्टर अगुवाको प्रतिक्रिया अनुसार यहाँबाट सिकाइएका विभिन्न विषयहरूको शिक्षाले अगुवा परिपक्व बनाउनुको साथै नयाँ स्थानमा संगतिहरू सुरू भएका छन्।
आउदा दिनहरूमा यस्तै प्रकारको शिक्षालाई निरन्तरता दिन सके मण्डली बलियो हुनुको साथै नयाँहरूले पनि अगुवाको जिम्मा लिन सके धेरै राम्रो हुने कुरामा मण्डलीका पास्टर अगुवाहरूको चासो रहेको छ।
Discussion about this post