पर्सा ख्रीष्टियन समाजले आज फाल्गुन १४ गते बिरगंजमा आयोजना गरेको विरगंज सांगीतिक तथा चंगाई प्रार्थना सेवा भव्यताका साथ् सम्पन्न भएको छ । रोगीविरामी तथा देशको समृद्धिका लागि प्रार्थना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा हजारौं मानिसहरूको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय अगाडि नै रहेको लालदरबार परिसरमा पर्सा ख्रीष्टियन समाजले आयोजना गरेको कार्यक्रमलाई केही व्यक्तिहरूको समूहले बिथोल्ने प्रयास गरेको थियो । कार्यक्रमस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले कार्यक्रम बिथोल्ने प्रयासलाई असफल बनाएको थियो । कार्यक्रम बिथोल्ने प्रयास हुँदै गर्दा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर कार्यक्रम सकिएपछि मात्रै छोडेको थियो ।
यसैबीचमा कार्यक्रम बिथोल्न चाहनेहरूको एउटा समुहले बिरगंज ख्रीष्टियन मण्डलीमा पनि तोडफोडको प्रयास गरेको तर समयमै नेपाल प्रहरीले रोकेको बताइएको छ ।
नेपाल ख्रीष्टियान समाजका सह-अध्यक्ष तथा रिलिजिएस लिबर्टी फोरमका अध्यक्ष पास्टर टंक सुबेदीले लोकतान्त्रिक देशमा एउटा धार्मिक समूहले गरेको कार्यक्रम बिथोल्ने काम भत्सर्नायोग्य भएको बताउनुभएको छ । यसप्रकारका गतिविधिहरू भविष्यमा हुन नदिन सरकार सचेत हुनुपर्ने भन्दै आजको कार्यक्रममा नेपाल प्रहरीको भूमिका अतुलनीय र प्रशंसायोग्य रहेको बताउनुभयो ।
Discussion about this post