
काठमाडौं- २०७३ पौष ८ गते, प्रभू येशू ख्रीष्टको शुभजन्मोत्सव अर्थात क्रिसमस २०७३ को अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा शुभकामना मोटरसाइकल र्याली सम्पन्न भएको छ । मोटरसाइकल र्याली कार्यक्रमका प्रमुख अतिथी माननीय स्ववस्थ्य मन्त्री गगन कुमार थापाले र्यालीको उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथी माननीय गगन कुमार थापाले आफ्नो मनतव्य राख्नर् क्रममा, अहिले धर्महरूको वीचमा खाडल बढ्दै गएको कुरा बताउँदै राज्यले सबै धर्महरूलाई समान अधिकार दिनुपर्छ र आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न आफू तयार भएको प्रष्ट विचार राखेको कुरा महासंघका प्रवक्ता पास्टर सागर बैजुले जानकारी गराउनु भएको छ।
प्रवक्ता बैजूका अनुसार क्रिसमस शुभकामना र्याली तिनकुनेबाट शुरू भएर बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर, रानीपोखरी हुँदै भृकुटीमण्डपमा पुगेर प्रार्थना सभामा परिणत भएको थियो। र्यालीमा अनुमानित ४०० जनाको सहभागिता रकेको कुरा प्रवक्ता बैजुले जानकारी गराउनुभएको छ। र्यालीमा राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरू अध्यक्ष सि.बि. गहतराज, महासचिव पा. पदमनाथ पराजुली, उप–महासचिव तथा प्रवक्ता पा. सागर बैजू, सचिव पा. किरण दास, संघसंस्था विभाग प्रमुख पा. तेज बहादुर रोक्का र कार्यक्रम संयोजक सुदिप थापालगायतको उपस्थिति रहेको थियो। सभामा शुभकामना सन्देश दिएपछि कार्यक्रम समापन भएको थियो।
Discussion about this post