धादिङ, पुस ७, सत्यदेवीमा स्थानिय चर्चहरूको आयोजनामा क्रिसमस महोत्सव २०७३ भव्यरूपमा सम्पन्न भएको छ। धादिङको उत्तरी भेगका स्थानिय चर्चहरूको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो। क्रिसमस महोत्सवमा कृषि विकास राज्यमन्त्री माननीय राधिका तामाङ, धादिङ क्षेत्र नं १ का संसद माननीय धन बहादुर घले, चर्चित गायिका अन्जु पन्त, स्वर सङ्ग्राम बिजेता ध्रुब तामाङ, स्थानिय चर्चका पास्टरहरू, वक्ता पास्टर अशोक अधिकारीहरूलाई अतिथि आसन ग्रहण गराइएको थियो। महोत्सवमा अतिथिहरूले क्रिसमस शुभकामना तथा मनतव्य दिनुभएको थियो। सोही अवसरमा बाइबलबाट क्रिसमसको सन्दर्भमा प्रवचन दिइएको थियो।
क्रिसमस महोत्सव २०७३ मा नेपालकी चर्चित गायिका अन्जु पन्तको गीतहरूले निकै मनोरोञ्जन दिएको थियो। गायन क्षेत्रमा धेरैको फेवरेट गायिकाका रूपमा अन्जु पन्त नै चिनिने गरेको पाइन्छ।
वृचेत अभिषेक चर्चका एल्डर नर बहादुर घलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। हरेक वर्ष उत्तरी भेगको विभिन्न ठाउँमा यसरी क्रिसमस महोत्वस मनाउने गरिन्छ।
Discussion about this post