पोखरा, पुस २, क्रिसमस नजिकिदै गर्दा विश्वभरी यतिबेला प्रि-क्रिसमसको निकै चहल पहल छ अथवा क्रिसमस तथा नयाँ वर्ष २०१७ को अवसरमा कार्यक्रमहरू मनाउन थालिकएको छ । एकप्रकारले भन्दा क्रिसमसमय वातावरण भएको छ। नेपालमा पनि विभिन्न स्थानहरूमा शुभकामना आदान प्रदान कार्यक्रमहरू हुँदै आएकाछन्। सुन्दरनगरी पोखरामा पोखरेली ख्रीष्टिय समुदायले आयोजना गरेको क्रिसमस शान्ति र्यालीमा चर्चहरूको वृहत सहभागिताले रहेको थियो। पछिल्लो समयमा क्रिसमसको बास्तविक अर्थ भन्दा पनि होटेल व्यवसायीहरू विभिन्न क्षेत्रमा चाडको लागि मात्रै लिने गरेको पाइन्छ। पर्यटकिय क्षेत्र पोखरामा क्रिसमसको निकै चहलपहल भएपनि क्रिसमस शान्ति र्यालीले येशू ख्रीष्टको जन्म सबै राष्ट्र भाषा, भाषी, वर्ग, क्षेत्र, जातीको लागि भएको कुराको सन्देश दिएको छ।
Discussion about this post