• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनसिएफ नेपालको ख्रीष्टमस तथा नव वर्ष २०१७ कार्यक्रम सम्पन्न

by Sarju Rijal
December 17, 2016
in NC Photos, News & Events
Dr. Simon Pandey preaching the Word of God in the Christmas greetings sharing program.
Dr. Simon Pandey preaching the Word of God during Christmas greetings sharing program of NCFN.

काठमाडौं, पुस १, नेपाल राष्ट्रिय मण्डली संगतिको आयोजनामा ख्रीष्टमस २०१६ तथा नव वर्ष इ सं २०१७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा कुसुन्ती ललितपुरमा सम्पन्न भएको छ। ख्रीष्‍टमस शुभकामना आदान प्रदान कार्यक्रममा एनसिएफ नेपालले काठमाडौं उपत्यकाका सबै सम्प्रदाय अर्थात चर्च समूह, ख्रीष्टियन संस्थाहरू, राजनैतिक दलहरूलाई समेटेर सबैलेसंगै क्रिसमस डे तथा नव वर्ष २०१७ को शुभकामना आदान प्रदान गरेका छन्। कार्यक्रम सञ्चालक महासचिव डा. के बि तामाङले एनसिएफ नेपालको उद्देश्य सबैसँग निष्पक्षरूपमा संगति गर्ने रहेको र एनसिएफएन संगति भएको कुरालाई प्रकाश पार्दै कार्यक्रमलाई ‌औपचारिक रूपमा सुरू गर्न पास्टर प्रकाश सुब्बालाई शुरूको प्रार्थनाको निम्ति आग्रह गर्नुभएको थियो।
विभिन्न चर्च, संस्थाहरूबाट आउनुभएका पास्टर, अगुवाहरू, संस्था प्रमुखहरू तथा प्रतिनिधहरूलाई एन सि एफ नेपालका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बि बि कार्कीले स्वागत गर्नुभएको थियो। कार्यक्रममा बाइबलबाट लूका २:१०-१५ बाट पाठ गरिसकेपछि सोहि समयमा एन सि एफ नेपालका सल्लाहकार पास्टर डा. सिमोन पाण्डेले क्रिसमसको बारेमा बताउँदै संसारमा शान्ति कायम गर्नको लागि येशूमा मात्रै सम्भव भएको कुरा बताउनु भयो। शान्ति पाउने हो भने येशूमा मात्रै पाउने कुरामा जोड दिनुभएको थियो। सोहि अवसरमा एन सि एफ एन नेपालका अध्यक्ष पास्टर टेक दाहालले कार्यालयको नयाँ वेवसाइट www.ncfnp.org उद्घाटन गर्नुभएको थियो।
शुभकामना आदान प्रदान कार्यक्रममा Christian Commitment to Building New Nepal (CCBNN) का राष्ट्रिय संयोजक तथा पास्टर डा. महेन्द्र भट्टराईले शुभकामना सन्देश दिनुभएको थियो। क्रिसमसलाई नम्रता सम्बन्धि भएको कुरा बताउँदै सि सि बि एन एन पनि एनसिएफ नेपालको एउटा हांगा भएकोले सुरूदेखि नै राम्रो सम्बन्ध भएको पनि बताउनु भएको थियो। त्यसै गरी पास्टर हनोक तामाङले विश्वमा आतंकित कार्य भएको प्रसंगलाई जोड्दै यस्तो आतंकित कार्य गर्नेहरूको लागि येशूलाई चिन्न सकुन् भन्दै शुभकामना दिनुभएको थियो। शुभकामना सन्देश दिने क्रममा एनइएचसीका महासचिव तथा नयाँ शक्ति नेपाल पार्टीका केन्द्रिय सदस्य इशुजंग कार्कीले क्रिसमको बारेमा बताउँदै एनइएचसीको तर्फबाट र नयाँ शक्ति नेपाल पार्टीको तर्फबाट शुभकामना दिनुभएको थियो।
शुभकामा आदान प्रदान गर्ने क्रममा नेपाल ख्रीष्टियन समाजका सचिव पास्टर मुकुन्द शर्माले एनसिएसको तर्फबाट शुभकामना दिँदै एनसिएफ नेपाल र एनसिएसले अप्ठ्यारो अवस्थामा ख्रीष्टियन समुदायहरूले गर्नुपर्ने काममा एनसिएस, एनसिएफ नेपाल, रिलिजियस लिवर्टी कमिसनले सँगसँगै कार्य गर्दै आएको कुरा पनि बताउनुभएको थियो। हिजो मात्रै स्थानिय विकास राज्यमन्त्री, उर्जामन्त्री, प्रधानमन्त्रीको सचिवालयमा क्रिसमस डे को राष्ट्रिय विदाको बारेमा र संविधान कानुनले दिएको अधिकार सम्बन्धि एनसिएसबाट कुरा गरेको बताउनुभएको थियो। संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट ख्रीष्टियन संस्थाहरूलाई जुन परिपत्र आएको छ त्यस सम्बन्धमा पनि कुरा राखेको जानकारी गराउनुभएको थियो।
त्यसै गरी जन जागरण पार्टी नेपालका महासचिव वि.पि.खनाल, आमूल परिवर्तन ख्रीष्टियान पार्टीका अध्यक्ष भरत गिरीले शुभकामना मन्तव्य दिनुभएको थियो। इशाइ नागरिक समाजको तर्फबाट पास्टर उत्तम परियारले शुभकामना सन्देश दिनुभएको थियो। साथै फेल्म नेपालबाट Juha र Alina Lind ले पनि शुभकामना दिनुभएको थियो।
कार्यक्रमको अन्तमा एनसिएफ नेपालका सचिव पास्टर शिवहरी भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो। डा. सिमोन पाण्डेको प्रार्थनाद्वारा कार्यक्रम समाप्त भएको थियो। कार्यक्रममा उपस्थित पाहुनाहरूलाई एनसिएफ नेपालका कोषाध्यक्ष पास्टर विश्व खडकाले मफलर बितरण गर्नुभएको थियो।

_1310445

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In