• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, February 27, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आईएनएफ नेपालको ६४ औं वार्षिक कार्यक्रम

by Sarju Rijal
November 18, 2016
in NC Photos, News & Events
Mr. Ramchandra Timothy, Chairman, INF Nepal distributing token of love to Karna Das.
Mr. Ramchandra Timothy, Chairman, INF Nepal distributing token of love to Karna Das.

पोखरा- २ मंसिर, हरियो खर्कस्थित आईएनएफ परिसरमा आईएनएफ नेपालको ६४औं वार्षिक कार्यक्रम सम्पन्न भएको छ। गरिब, अशक्त, कुष्ठरोगी, क्षयरोगी, एचआईभी एड्स, द्वन्द्व प्रभावित, लागूपदार्थ दुव्र्यसनी र सीमान्तकृत समुदायबीच काम गर्दै आएको यस जनप्रिय संस्थाको स्थापना सन् १९५२ मा भएको हो।

कार्यक्रममा आईएनएफ नेपालका निवर्तमान कार्यकारी निर्देशक तथा सल्लाहकार डा. दीपेन्द्र गौतमले तीन कुरामा ध्यान दिनुपर्ने कुरामा जोड दिए। उनले भने, “ती कुरा हुन् रिमेम्ब्रन्स, रिजोयस र रिभ्यु।” उनले इतिहासलाई सम्झँदै, विगतदेखि वर्तमानलाई समीक्षा गर्दै आनन्द मनाउनुपर्ने बताए।

आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले जीवनमा दुःखको क्षण मात्र होइन सुखको क्षण पनि आउने र आईएनएफको आजको उपलब्धिले त्यो खुसी दिएको बताए। इतिहासलाई सम्मान गर्दै, परिवर्तनलाई स्वीकार्दै वर्तमानमा चल्नुपर्ने धारण उनको थियो। उनले भने, “चुनौती जहाँ छ त्यहाँ सौभाग्य हुन्छ, हामीले चुनौती स्वीकार्दै अघि बढ्नुपर्छ।” उनले हालको आईएनएफ टिममा कर्मठ व्यक्तिहरु भएकाले धेरै काम गर्न सकिने विश्वास व्यक्त गरे।

आइएनएफ नेपाल उपाध्यक्ष राजेन्द्र अधिकारीले अत्यन्त खाँचोमा परेकाहरुको सेवा गर्नु आईएनएफ नेपालको उद्देश्य भएको उल्लेख गर्दै आईएनएफ सामान्य सुविधामा धेरै सेवा प्रदान गर्ने संस्था भएको बताए।

कार्यक्रममा आईएनएफ नेपालका कार्यकारी निर्देशक डा. गंगादत्त सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने आईएनएफ नेपाल बोर्ड सल्लाहकार पा. ग्रीष्म पराजुलीले शुभकामना दिएका थिए। त्यस्तै आईएनएफ नर्थ अमेरिका बोर्ड मेम्बर मेरी सिमेन्स्की, आईएनएफ इन्टरनेशनल बोर्ड मेम्बर एलिसन क्राभेन, आईएनएफ इन्टरनेशनल बोर्ड डाइरेक्टर आलिस्टर सिम्यान, आईएनएफ अष्ट्रेलिया सिइओ फिल मोरिस, आईएनएफ युके सिइओ जोहन रेनोल्ड, आईएनएफ न्युजिल्याण्ड डाइरेक्टर सिन मार्सटन, आईएनएफ इन्टरनेशनल नेपाल कन्ट्री अफिस डाइरेक्टर क्रिस ड्रिउ लगायतले आईएनएफ नेपाललाई शुभकामना दिएका थिए।

कार्यक्रममा आईएनएफ इन्टरनेशनल डाइरेक्ट आलिस्ट सिम्यानले पा. अतन लेप्चा लामालाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए भने आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले आईएनएफ ब्रान्ड रिप्रिजेन्टेटिभ गायक कर्ण दासलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए।

हरियो खर्क अस्पतालका अपरेन्स डाइरेक्टर ढाकाराम बीएमले कार्यक्रमलाई व्यवस्थित रुपमा सफल बनाउन सहायता गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा हरियो खर्क अस्पतालका क्लिनिकल डाइरेक्टर डा. दीपक महर्जन, आईएनएफ नेपालका साधारण तथा आजीवन सदस्यहरु, आईएनएफ पोखरा, बाँके र सुर्खेतका कर्मचारीहरु, पोखराका विभिन्न चर्चका पास्टरअगुवाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आईएनएफ ब्रान्ड रिप्रिजेन्टेटिभ गायक कर्ण दासद्वारा आईएनएफ नेपालको नयाँ वेभसाइट लन्च गरिएको छ । www.gphospital.org मार्फत संसारभरका मानिसहरुले आईएनएफ नेपालका बारेमा जानकारी लिन सक्नेछन् ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In