नोभेम्बर १३, २०१६ आईतबारका दिन अर्थात २८ कार्तिक २०७३ मा
एकै दिन
एकै आवाज
एकै उद्देश्य
अनुसार बाबुआमा विहिन बालबालिकाहरूको लागि विश्वव्यापी रूपमा अनाथ दिन अथवा अर्फन डे मा प्रार्थना गर्ने कार्यक्रम भएको हुँदा नेपाली मण्डलीहरूमा उक्त दिनमा प्रार्थना र अनाथहरूलाई सेवा गरेर उत्सव मनाउन अनुरोध गर्दछौं।
अर्फन डे अर्थात बुवाआमा विहिन दिनको अवसरमा येशैया १:१७ मा भनिए झै “…अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर,…।”
तपाईहरूको मण्डलीमा, घरमा, समूहमा अथवा व्यक्तिगतरूपमा जुनसुकै स्थानबाट यही जानकारी अनुसार प्रार्थनाको अभियानमा सहभागि भई प्रार्थना गर्नुहुन अनुरोध गर्दछौं । साथै असहाय, बुवाआमा विहिनहरूको सेवावा जुट्न आह्वान गर्दछौं।
नेपालमा नोभेम्बर १२ अर्थात कार्तिक २७ गते शनिबारको संगतिको समयमा अथवा संगति पछि अनाथहरू र अनाथलयहरूको लागि केही समय प्रार्थना गर्नुहुन अनुरोध गर्दछौं। क्रिष्टियन अलाइन्स फर अर्फन्सको वेवसाइटमा हेरेर पनि प्रार्थना अभियानमा सहयोग गर्न सक्नुहुनेछ।
http://www.orphansunday.org
विस्तृत जानकारीको लागि
मदन शाह
G.P.O. Box 8975, EPC 2775, Kathmandu, Nepal
Email: shahprince28@gmail.com
Discussion about this post