• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मानव विकास तथा सामुदायिक सेवा (HDCS) को रजत महोत्सव सम्पन्न

by Sarju Rijal
November 8, 2016
in News & Events
Honorable Vice-President Nanda Bahadur Pun
Honorable Vice-President Nanda Bahadur Pun

काठमाडौं- कात्तिक २२, मानव विकास तथा सामुदायिक सेवा (HDCS) गैर सरकारी संस्थाले एक वृहत कार्यक्रमको आयोजना गरी रजत महोत्सव भव्यरूपमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान सभाहल जावलाखेलमा मनाएको छ। कार्यक्रममा माननीय मन्त्रीहरू, संसदहरू, विशिस्ट व्यक्तित्वहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू र पास्टरहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। पाहुनाहरूलाई स्वागत तथा कार्यक्रमको प्रकाश पार्नेक्रममा संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक डा.तिर्थ थापाले HDCS को सुरुवात र सेवाको बारेमा बताउनुभएको थियो। HDCS ले द्वन्द कालमा अवस्था जटिल भएतापनि मानविय सेवा गर्न पछि नपरेको कुरा बताउनु भएको थियो। HDCSले २५ वर्षमा गरेका गतिविधिहरू कार्यक्रममा उपस्थितहरूलाई भिडियोमार्फत जानकारी गराईएको थियो। यस संस्थाले गरेका कार्ययहरू मानविय सेवा, जनचेतना र विकासको निम्ति भएको कुरा सबैलाई जानकारी भयो।
२५ वर्षको महोत्सवमा प्रमुख अतिथि सम्माननीय उप-राष्‍ट्रपति नन्द बहादुर पुनद्वारा कार्यक्रमको उद्घाटन भएको थियो। रजत महोत्सवको अवसरमा मनतव्य राख्‍ने क्रममा मानव विकास तथा सामुदायिक सेवाले स्वास्थ्य सेवाको क्षेत्रमा देशका दुर्गम क्षेत्रहरूका पिछडि सिमान्तकृत, महिला तथा बालबालिकाहरूलाई राम्रो सेवा दिएकोमा प्रशंसा पनि गर्नुभयो। उप-राष्ट्रपति पुनले नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यवाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवामा समान पहुँच राख्ने हकको व्यवस्था भएता पनि तर भौगोलिक विविधता र अभाव, गरिवी र अशिक्षाका कारण सवै नेपालीले अझै पनि स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा HDCS ले देशको दुर्गम क्षेत्रमा भएका सिमान्तकृत समुदाय, पिछडिएका महिला तथा वालवालिकाहरु विच निस्वार्थ सेवा पुर्‍याएको सुन्नमा पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको पनि बताउनुभएको थियो।

महोत्सवका विशिष्ठ अतिथि माननीय शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मावन विकास तथा सामुदायिक सेवाले गरेको कामको सह्राना गर्दै रजत महोत्सवको अवसरमा वधाइ तथा शुभकामना दिनुभएको थियो। त्यसै गरि संस्थाका संस्थापक सदस्य सुर्य बहादुर बल तामाङले पनि आफ्ना मनतव्य राख्‍ने क्रममा HDCS को सुरूको दिन र डा.तिर्थ थापाको इमान्दारिताको बारेमा बताउँदै वधाई तथा शुभकामना दिनुभयो। सोही अवसरमा प्रमुख अतिथि सम्माननीय उप-राष्‍ट्रपति नन्दबहादुर पुनको हातबाट सहयोगि राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरू तथा व्यक्तिहरूलाई प्रंशसा पत्र वितरण गरिएको थियो भने विशिष्ट अतिथि माननीय शहरी विकास मन्त्री श्री अर्जुननरसिंह केसी ज्यूको हातबाट मायाको चिनो वितरण गरिएको थियो।
वि. सं. २०४८ सालमा स्थापना भएको HDCS को उद्येश्य अनुसार नेपालका दुर्गम क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत र पिछडिएका गरिव नेपालीहरूलाई स्वास्थ्य सेवामा सहयाता पुर्‍याउनुको साथै शिक्षामा उलेख्य टेवा पुर्‍याई विकासको कामको अग्रसर देखिएको छ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा रजत महोत्सव कार्यक्रमको अध्यक्ष डा.नस्तु शर्माले प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र उपस्थितहरूलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नुभएको थियो।

Arjun Narasingha K.C., Minister for Urban Development
Honorable Arjun Narasingha K.C.,
Minister for Urban Development
Director Dr. Tirtha Thapa
Dr. Tirtha Thapa, Director, HDCS

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In