बिहीवार, अक्टोबर ६, असोज २०
‘तपाईंले सबैलाई जीवन दिनुहुन्छ ।’ —नहेम्याह ९:६
परमेश्वरको सृजनशील क्षमताको बारेको अर्को आश्चर्यकर्मको बारेमा विचार गरौं: नाइट्रोजन चक्र । नाइट्रोजन एकदमै निस्क्रिय हुन्छ— यदि यस्तो हुँदैनथ्यो भने नाइट्रोजन अरू विभिन्न तत्वहरूसँग मिश्रण हुँदा निस्कने विष्ले हामी सबै नष्ट भइसक्थ्यौं। तथापि यसको निस्क्रियताको कारण, हामीले नाइट्रोजनलाई स्वाभाविक रूपमा अरू तत्वहरूसँग मिश्रण गर्न असम्भव हुन्छ। तर यो तत्व जमिनमा बोटविरुवाका लागि आवश्यक पर्छ, यसकारण यसलाई हावाबाट माटोसम्म पुर्याउन परमेश्वरले कस्तो व्यवस्था गर्नुभएको छ त ? चट्याङ ! हाम्रो ग्रहमा दिनहुँ हजारौं चट्याङ पर्छन्, जसले गर्दा बोटविरुवाले खानाको रूपमा प्रयोग गर्न मिल्ने करोडौँ टन नाइट्रोजन वर्षैपिच्छे माटोमा निर्माण हुन्छ। चालीस माइलको उचाइमा ओजोनको एउटा पातलो तह छ। यसलाई दवाब दिएर एकै ठाउँमा ल्याउने हो भने यसको मोटाइ एक इन्चको एक चौथाइ मात्र हुन्छ, तथापि योविना जीवन सम्भव हुने थिएन। हाम्रो ग्रहमा सूर्यबाट निरन्तर रूपमा आठ प्रकारका घातक किरणहरू झरिरहन्छन्; ओजोन तहविना हामी जल्नेथियौं, दृष्टिविहीन तुल्याइनेथियौं, वा पाक्ने थियौँ। परावैजनी किरणहरू दुई रूपमा आउँछन्ः लामा किरणहरू जुन घातक हुन्छन् र छेकिन्छन्, अनि छोटा किरणहरू जुन पृथ्वीमा जीवनका लागि आवश्यक हुन्छन् र जुन ओजोन तहभएर आउँछन् । साथै, यीमध्ये सबैभन्दा खतरनाक किरणहरूलाई अत्यन्तै थोरै मात्रामा मात्र ओजोन तह पार गरेर आउन दिइन्छ, जसले हरिया अल्गी अर्थात् लेउ जस्ता बनस्पतीलाई नष्ट गरिदिन्छन् अन्यथा तिनीहरू बढेर पृथ्वीका ताल, नदी र सागरहरूलाई भरिदिनेथिए। हामी परमेश्वरको भलापनमा आश्रित छौं भन्ने कुरामा कुनै शङ्का छैन। त्यसैकारण भजनकारले यसो भने, ‘तपाईंबाट आफ्ना आहारा ठिक–ठिक समयमा पाउनका निम्ति ती सबैले तपाईंतिर हेरेर आशा राख्छन्। तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन्। तपाईंले आफ्नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्त हुन्छन्’ (भजन १०४:२७–२८) । हाम्रा परमेश्वर उदेकको र भययोग्य हुनुहन्छ !
आत्मिक भोजनः प्रस्थान १३–१५, यूहन्ना ३:१–८, भजन २३, हितोपदेश २६:१०–१२
Discussion about this post