परमेश्वरको स्वर सुन्नुहोस्

[ 0 ] July 9, 2016 |

शनिवार, जुलाई ९, असार २५,
‘तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड।”’ —यशैया ३०:२१

इंग्ल्याण्डका एक जना उत्कृष्ठ प्रचारकले आफ्नी पत्नीको बिग्रँदो स्वास्थ्यको कारण एक महत्वपूर्ण सभामा बोल्न अमेरिका नजाने निर्णय गरे। उनले त्यो यात्राको लागि टिकट किनिसकेकाभए तापनि, उनलाई नलिइकनै त्यो जहाज यात्रामा निस्कियो। यसरी जे. स्टुआर्ट होल्डेनले प्रचारकको रूपमा आफ्नो जीवनकोे उच्च बिन्दुमा एक सुनौलो अवसर गुमाए। एक समर्पित पतिका रूपमा उनले समुद्र पारको त्यो यात्रा नगर्दा आफूले के गुमाइरहेको छु भन्ने बारेमा नसोची आफूलाई आफ्नी पत्नीको हेरचाहमा लगाए। सत्य के हो हाम्रा योजनाहरू असफल हुँदा हामी सजिलै बेखुसी हुन्छौँ; हाम्रा ‘ठूला पेशागत अवसहरू’ गुम्दा निराश हुन्छौँ। अनि हाम्रो गुनासोले के कुरा प्रमाणित गर्छ भने हामीले दाबी गरेअनुसार हामीले परमेश्वरलाई चिनेका हुँदैनौँ। कुनै काम ढिला हुनु भनेको चाहिँ प्रायः हाम्रा स्वर्गीय पिताको सुरक्षाको हात हो। होल्डेनको लागि यो कुरा निश्चय नै यस्तै थियो, र उनले फेरि कहिल्यै परमेश्वरको समयको बारेमा प्रश्न नगर्ने निश्चय गरे। किन ? किनभने उनको त्यो टिकटले जुन सुविधा सम्पन्न पानी जहाज आर.एम.एस. टाइटानिकमा यात्रा गर्न उनको निम्ति सिट सुरक्षित गरेको थियो र जसलाई कहिल्यै डुब्न नसक्ने जहाज भनिएको थियो— हो त्यही जहाज डुब्न पुग्यो। आज मण्डलीमा आफैंलाई सहायता गर्ने बारेमा यति छलफल हुन्छ कि परमेश्वरको प्रबन्ध र मार्गदर्शनको बारेमा कहिल्यै चर्चा गरिँदैन। तर मुख्य कुरा के हो भने हामीले हाम्रो जीवनको निम्ति परमेश्वरको योजना निर्धारण गर्दैनौँ, हामीले त यो पत्ता मात्र लगाउँछौँ। प्रायः हामी उहाँले हामीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्ने कुरा बुझ्दैनौँ। पछाडि फर्केर हेर्दा मात्र हामी कुनै काममा उहाँको हात रहेछ भन्ने कुरा बुझ्छौँ। पावलले लेखे, “म स्पेन जाँदा तिमीहरुलाई भेट्ने आशा राख्दछु” (हेर्नुहोस् रोमी १५:२४)। उनले कहिल्यै त्यो यात्रा गर्न पाएनन्, बरु उनी त झ्यालखानमा पो पुगे। तर त्यहाँ झ्यालखानबाट उनले आफ्ना पत्रहरू लेख्न भ्याए। यसकारण प्रश्न यो होः परमेश्वरले आफ्ना कदमहरूलाई मार्गनिर्देशन गरिहनुभएको छ भन्ने कुरा तपाईं साँच्चै विश्वास गर्नहुन्छ भने तपाईंले किन प्रश्न गरिरहनुभएको छ, शङ्का गरिरहनुभएको छ, अनि गुनासो गरिरहनुभएको छ त ?
आत्मिक भोजनः एफिसी ४: १७–६:२४, मत्ती २६: १–१३, भजन १०९:१–१५, हितोपदेश १७: २७–२८

Facebook Comments

Category: Bible Study & Teaching


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4