• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

रिहा भएकाहरूलाई स्वागत र धन्यवाद सेवा (सेवाको पूर्ण विवरण र फोटोहरुसहित)

by Sarju Rijal
June 19, 2016
in NC Photos, News & Events

Prayer_ThanksgivingServiceकाठमाडौं, शनिवार, असार ४, बेथशालोम पुतलीसडक चर्चमा रिहा भएकाहरूलाई स्वागत र सबै काम सम्भव बनाउनुहुने परमेश्वरलाई धन्यवाद दिने काम संयूक्तरूपमा भएको छ। धन्यवाद तथा स्वागत सेवामा काठमाडौं भ्याली चर्चहरूका पास्टर अगुवा, एनसिएस, एनसिएफन र महासंघका सबै पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सेवाका सञ्‍चालक तथा एनसिएसका महासचिव डिल्लीराम पौडेलले हामीलाई एकतामा परमेश्वरको काम गर्न कुनै सम्प्रदाय, संस्थाले रोक्दैन भन्ने कुरा यो घटनाले देखाएको छ भन्दै परमेश्वरको काम गर्न एकता आवश्यकता भएको कुरा पनि बताउदै सेवालाई सञ्‍चाल गर्नु भएको थियो।

सेवाको शुरूको प्रार्थना पास्टर काजी रत्‍न महर्जनले गर्नुभएको थियो। सेवामा पास्टर शामूएल कार्थकले छोटो समय स्तुति प्रशंसामा उपस्थितहरूलाई डोर्‍याउनुभएको थियो। एनसिएसका अध्यक्ष पास्टर बर्णबास श्रेष्ठले सबै उपस्थितलाई स्वागत र आफ्नो मनतव्य पनि राख्‍नु भएको थियो।  लगत्तै पास्टर प्रकाश सुब्बाले परमेश्वरको वचनबाट उत्साह दिनुभएको थियो। स्वागत तथा धन्यवाद सेवामा, येशूको नाउँमा विश्वास गरेकै कारण पक्राउ परेर ८ दिनपछि थुनाबाट मुक्त भएका ५ जना: बनिता डंगोल, फिलिप तामाङ, बालकृष्‍ण राई, किरण दाहाल, भिमसेन तिवारीलाई ५ जनाको परिवारसँगै फुलको गुच्छा र खादा ओढाएर सम्मान गरिएको थियो। सेवामा, पास्टर म‌ंगलमान महर्जन, पास्टर शामूएल कार्थक, पास्टर प्रकाश सु्ब्बा,  पास्टर फिलेमोन क्षेत्री, पास्टर काजीरत्‍न महर्जन, पास्टर शामूएल सोदेम्बा, डा. के. बी. तामाङ, पास्टर चन्द्र श्रेष्ठ र पास्टर बर्णवास श्रेष्‍ठ सबैले संयूक्तरूपमा फूलको गुच्छा र खादाले स्वागत गर्नुभएको थियो।
सोही अवसरमा पाँच जनाले ८ दिनसम्म थुनामा परेको अनुभव बाँड्नुभएको थियो। येशूको नाम बाँडिएको पत्रिकामा देखिएकै कारण उनिहरू पक्राउ परेका थिए। उनिहरूको भनाई अनुसार, भुकम्प प्रभावित क्षेत्रका स्कूलका साना बालबालिकाहरूमा भएको डर हटाउन रमाइलो कार्यक्रमसँगै गीत र मनोरोञ्‍जन कार्यक्रम गरी मानसिक डर हटाइ सधै स्कूल आउन मन लाग्‍ने बानउने कार्यक्रम रहेको थियो। सोही समयमा रुमाल, मोजा र इच्छुक भएकाहरूलाई महान कथा पनि दिइएको जानकारी गराउनुभएको थियो। जेलमा हुँदा सहायता गर्ने चरिकोटबासी चर्चका विश्वासीहरूले खाना प्रसस्तमात्रामा जेलमा भएकाहरू सबैलाई पुग्‍ने गरी ल्याइदिएकोमा धन्यवाद पनि दिनुभएको थियो। यो घटनाले प्रार्थनाले सबैलाई एक बनाएको र अब सबै चर्चहरू एक भएर प्रार्थना गर्ने सन्देश पनि दिनुभएको थियो।
सोही  धन्यवाद तथा प्रार्थना सेवामा तीनजना प्रकाश प्रधान, बिमल शाही र पास्टर शक्ति पाख्रीन भने आउन सक्नुभएन। सेवामै बोल्ने क्रममा पास्टर सागर बैजुले थुनामा परेकालाई रिहा गर्न निकै प्रयास गरेको र परमेश्वरको कृपाले रिहा गर्न सम्भव भएको कुरा बताउँदै अब सबै एक भएर प्रार्थना गर्न आवश्यक भएको कुरा बताउनुभएको थियो। अभिभावकको तर्फबाट पास्टर ओम तामाङले बोल्नुभएको थियो।

सेवाको अन्तमा पास्टर बर्णबास श्रेष्ठले घटनाको बारेमा बताउँदै अझै निरन्तर प्रार्थना गरिरहन अनुरोध पनि गर्नुभएको थियो। विभिन्न चर्चहरू, व्यक्तिहरू, ख्रीष्टियन समाजले पठाएको शुभकामना सेवामा अवगत गराउनुभएको थियो। असार २९ गते फेरी अदालतमा जानुपर्ने कुराको पनि जानकारी गराउनुभएको थियो। पास्टर शामूएल कार्थकले आर्थिक सहायताको निम्ति अनुरोध गर्नुभएको थियो र यो घटनाको लागि नेपाल ख्रीष्‍टियन समाजले नै आर्थिक संकलनको जिम्मा लिएको पनि जनाउनुभएको थियो। आर्थिक सहायता गर्ने चर्च, व्यक्तिरूले एनसिएसला दिन अनुरोध गर्नुभएको थियो। सेवाको अन्त्यमा पास्टर डा. मंगलमान हर्जनले प्रार्थना गर्नुभएको थियो।
नेपालको संविधान २०७२ जारी भएपछि येशूको नाउँ प्रयोग गरी प्रचार गरेको भनि पक्राउ गरेर धर्म प्रचारको अभियोगमा सार्वजनिक मुद्दा हालिएको यो पहिलो घटना हो।  मिति २०७३ जेठ २७ गते पक्राउ दोलखा जिल्लाको चरीकोटबाट टीच मिनिष्ट्रिका ५ जना स्टाफहरू  र चरिकोटस्थित माउण्टभ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई पक्राउ गरिएको हो। जेठ ३१ गते सोमबारका दिन चरिकोटका स्थानिय पास्टर शक्ति पाख्रीनलाई पनि पक्राउ गरिएको थियो।
Prayer&Thanksgiving_service

 

 

 

 

 

 

 

 

 

 

5 Chritians

 

 

 

 

 

 

 

 

 

Prayer_ThanksGivingS

 

 

 

 

 

 

 

 

 

 

 

Prayer&TS

 

 

 

 

 

 

 

 

 

PTService

 

 

 

 

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In