काठमाडौं- असार १ गतेका दिन नेपाल ख्रीष्टियन समाज (NCS) र नेशनल चर्चेज फेलोसिप अफ नेपाल (NCFN) ले व्यवस्थापिका संसद सभामुख ओनसरी घर्तीलाई भेटेर चरिकोटमा धर्म प्रचारको अभियोगमा पक्राउ परेका ८ जनालाई रिहाइ गर्न माग गर्दै संयूक्तरुपमा ज्ञापन पत्र बुझाएको छ। व्यवस्थापिका संसदमा पनि ध्यानकर्षण गराउन एनसिएसबाट महासचिव डिल्लीराम पौडेल लगायतको समूह र एनसिएफएनबाट अध्यक्ष टेक दाहाल, माहसचिव डा.के. बी. तामाङ लगायतको १५ जनाको समूह व्यवस्थापिका संसदमा गएको थियो।
सभामुखलाई भेट गराउन मुख्य भूमिका खेल्नुहुने जनजागरण पार्टीका अध्यक्ष तथा संसद माननीय लोकमणी ढकाल र माननीय संसद दुलारी हरिजन पनि समूहमा हुनुहन्थ्यो। भेट गर्न जाने समूहमा पास्टर शामूएल कार्थक र पक्राउ परेका व्यक्तिहरूका आफन्त जनहरू पनि गएको कुरा नेपाल ख्रीष्टियन समाजक महासचिव डिल्लीराम पौडेलले जानकारी गराउनुभएको छ। सभामुख ओनसरी घर्तीले चरिकोटको घटनाप्रति सरकारको ध्यानकर्षण भएको बताउनुभएको कुरको जानकारी भएको छ।
Discussion about this post