• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा प्रार्थना सभा

by Sarju Rijal
June 13, 2016
in News & Events

13450269_990948884353852_5116383654622460245_n२०७३ जेठ ३१, सोमबार
काठमाडौं,
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा दोलखामा पक्राउ परेका आफ्ना निर्दोष नागरिकहरुलाई थुनामुक्त गराउँन आज विशेष भेला तथा प्रार्थना सभा सम्पन्न गरेको छ । सालेम प्रेयर हाउस, बुद्धनगरमा सम्पन्न उक्त कार्यक्रममा महासंघकी का.वा. अध्यक्ष रिता थापामगरज्यूले अध्यक्षता गर्नुभएको थियो । भेलामा महासंघका सम्पूर्ण पदाधिकारीज्यूहरु लगायत सल्लाहकार विशप डा. नारायण शर्मा, पा. राजु सुन्दास, रेभ जगत प्रधान, विशप गोपाल खड्का क्षेत्री लगायत उपत्यका तथा उपत्यका बाहिरका विशिष्ट पाष्टर, अगुवा र विश्वासी दाजुभाई एवं दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । स्तुती प्रशंसाको अगुवाई पा. सोनाम टि.काबोज्यूले गर्दै वचनको लागि प्रार्थना रेभ हरि प्रधानज्यूले गर्नुभयो । वचनको सेवा विशप डा. नारायण शर्माज्यूले दिनुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष रेभ. सामुयल सोदेम्बाज्यूले राख्दै दोलखाको घटनाका सम्बन्धमा सबै ख्रीष्टियन समुदाय एकजुट भई हातेमालो गर्दै अगाडि बढ्नको लागि आव्हान गर्नुभयो । महासचिव सि.वि. गहतराजज्यूले दोलखाको घटनाका विषयमा महासंघले गरेको पहलकदमीको बारेमा जानकारी दिँदै पक्राउ परेका निर्दोष व्यक्तिहरुलाई शिघ्र रिहा गराउँनको लागि सामुहिक प्रार्थनामा अगुवाई गर्नुभएको थियो । दोलखा घटनाको यथार्थ विवरणको जानकारी विशेष कार्यसमितिका सदस्य तथा स्थानिय पाष्टर पा. ज्ञान बहादुर सुनुवार तथा सन्तोष परियारज्यूले गराउँनुभएको थियो । साथै भेलामा विधानको धारा १० अनुसार रिक्त रहेका पदहरुमा धारा ४६ को ३ अनुसार पदपूर्ति गरी पदभार ग्रहण गर्नुहुने सबै नयाँ पदाधिकारीज्यूहरुको लागि सामुहिक प्रार्थना गरिएको थियो । धन्यवाद मन्तव्यका क्रममा का.बा. अध्यक्ष रिता थापामगरज्यूले दोलखाको घटनाबाट ख्रीष्टियन समुदायलाई मुक्त गराई आफ्ना निर्दोष नागरिकहरुलाई यथाशिघ्र रिहा गराउँनको लागि सम्बन्धित निकायहरुमा महासंघले निरन्तर पहल गरिरहने र आफ्नो तर्फबाट कुनै किसिमको कसर बाँकी नराख्ने भन्दै यस कार्यका लागि आ–आफ्नो तर्फबाट सहयोग गरिदिनुहुनको लागि समग्र ख्रीष्टियन समुदायलाई आव्हान गर्नुभयो । भेलाको अन्तिम प्रार्थना रेभ. एलिया प्रधानज्यूले गर्नुभएको थियो भने यसका अलाबा सल्लाहकार विशप गोपाल खड्का क्षेत्री, पा. राजु सुन्दास, पा. जर्ना राई, पा. प्रेम सुब्बा र पा. उद्धव गौतमज्यूहरुले प्रार्थनाका विविध विषयहरुमा अगुवाई गर्नुभएको थियो । कार्यक्रम संचालन सचिव पा. भविन्द्र राईज्यूले गर्नुभएको थियो ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका महासचिव सि बि गहतराजका अनुसार आगामि कार्यक्रमहरूमा अब जिल्ला जिल्लामा प्रार्थना सभाको आयोजना गर्ने कार्यक्रम रहेको बताउनुभएको छ। चरिकोटमा पक्राउ परेकाहरूको रिहाइको लागि सरकारसँग विशेष गरी प्रधानमन्त्री कार्यालय, मानव अधिकारवादीहरूसँग भेट र फ्लो गर्ने काम भइरहेको र भोलिदेखि कानुविदहरूसँग भेट्ने कार्यक्रम रहेको बताउनुभयो साथै सम्बन्धित निकायका विज्ञहरुलाई लिएर स्थलगत भेट गरेर सत्य तथ्य बुझ्‍ने कार्यक्रम पनि रहेको जानकारी गराउनुभएको छ।
13432289_990931807688893_6252395717754371471_n

 

 

 

 

 

 

 

 

13406781_990949181020489_8681291734468488588_n

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In