मंगलवार, मे २४, जेठ ११
‘जहाँ दर्शनको अभाव हुन्छ, त्यहाँ मानिसहरू नष्ट हुन्छन् ।’ —हितोपदेश २९:१८
तपार्इंले के ‘देख्नुहुन्छ’ ?
तपाईंले आफ्नो भविष्यमा के ‘देख्नुहुन्छ’? तपाईंको ‘दर्शन’ के हो ? सन् १८६२ मा तत्कालीन् अमेरिकी राष्ट्रपति अब्राहाम लिंकनले “स्वतन्त्रताको घोषणा पत्र” मा हस्ताक्षर गरेर अमेरिकामा रहेका काला वर्णका मानिसहरूलाई दासत्वबाट छुट्कारा दिए, तथापि एक सय वर्ष पछिसम्म पनि अफ्रिकी–अमेरिकीहरू भेदभावबाट पीडित थिए । सन् १९६३ मा लिंकनको सम्झनामा बनाइएको स्तम्भ–स्थल लिंकन मेमोरियलमा डा. मार्टिन लुथर किङ जुनियरले यी शब्दहरूमा आफ्नो दर्शन व्यक्त गरे जुन अहिले आएर प्रसिद्ध भएका छन्ः ‘मेरो एउटा सपना छ कि एक दिन जर्जियाका लाल पर्वतहरूमा पहिलेका दासहरूका छोराहरू अनि पहिलेका दास मालिकका छोराहरू बन्धुत्वको टेबलमा सँगसँगै बस्न सक्षम हुनेछन् । मेरो एउटा सपना छ कि अन्याय र अत्याचारको आगोमा पिल्सिरहेको मिसिसिपी राज्य समेत एक दिन स्वतन्त्रता र न्यायको बगैँचामा रूपान्तरित हुनेछ । मेरो एउटा सपना छ कि एक दिन मेरा चार जना स–साना छोराछोरीहरू एउटा यस्तो देशमा बसोवास गर्नेछन् जहाँ उनीहरूको छालाको रङको आधारमा नभएर उनीहरूको चरित्रको आधारमा उनीहरूको मूल्याङ्कन गरिनेछ । मेरो एउटा सपना छ…कि एक दिन परमेश्वरका सबै सन्तानहरू, काला मानिसहरू र गोरा मानिसहरू, यहूदीहरू र गैह-यहूदीहरू, प्रोटेस्टेन्टहरू र क्याथोलिकहरू हातमा हात समाएर काला जातिको यो पुरानो भजन गाउन सक्षम हुनेछन्, “अन्त्यमा स्वतन्त्र ! अन्त्यमा स्वतन्त्र ! धन्यवाद छ सर्वशक्तिमान् परमेश्वर, अन्त्यमा हामी स्वतन्त्र भएका छौँ !” मेम्फिस नामक स्थानमा उनको हत्या गरिनुभन्दा अघिल्लो रात डा. किङले आफ्ना श्रोताहरूलाई आफूले प्रतिज्ञाको भूमि ‘देखेको’ तथा तिनीहरू सबै एउटै समयमा त्यहाँ नपुग्लान्, तर तिनीहरू एक दिन त्यहाँ प्रवेश गर्नेछन् भन्ने कुरा बताएका थिए । यदि तपाईंसँग आफ्नो जीवनको लागि कुनै दर्शन छैन भने, परमेश्वरसँग एउटा दर्शन माग्नुहोस् । अनि जब उहाँले तपाईंलाई त्यो दर्शन दिनुहुन्छ, आफ्नै जीवनमा तपाईंले त्यो पूरा भएको देख्नुहुनेछ भन्ने विश्वासका साथ तपाईंको जीवन त्यसमा खन्याउनुहोस् !
आत्मिक भोजनः न्यायकर्ता १६: १–१९:१५, मत्ती १३: १–९, भजन ४५, हितोपदेश १३: १३–१६
Discussion about this post