सोमवार, मे २३, जेठ १०
‘यिप्ताको बारेमा…भनिरहन मलाई समय छैन ।’ —हिब्रू ११:३२
तपाईंको प्रतिज्ञाको सन्तान (४)
तपाईंको प्रतिज्ञाको सन्तानमा आज धेरै कमजोरी होलान् अनि उसलाई परमेश्वरको राज्यमा प्रवेश पाउन कठिन हुनसक्छ । ‘गिदोन, बाराक, शिमशोन, यिप्ताको बारेमा र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैनः जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, न्याय स्थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए, आगोका ज्वालाहरू निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए’ (पद ३२–३४) । यी नामहरू पढ्नुहुँदा र तिनीहरूको कथा जान्नुहुँदा, तपाईंको प्रतिज्ञाको सन्तानको जन्म भएको दिनदेखि उसको मृत्यु नभएसम्म नै शैतानले उसको विरुद्धमा युद्ध गर्नेछ भन्ने कुरा तपाईंले बुझ्नुहुनेछ । अनि यदि त्यसले उसलाई प्रभाव पार्न सकेन भने, त्यसले उसका सन्तानहरूलाई प्रभाव पार्न प्रयत्न गर्नेछ । यिप्ताकी आमा एक वेश्या थिइन् भने उनका बाबुले उनीसँग कुनै सम्बन्ध राख्न चाहँदैनथे । उनले यी सबै बेइज्जतीभन्दा माथि उठ्नु परेको थियो । तर यिप्ता यी सबै कुराभन्दा माथि उठे, इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूमाथि विजय दिलाए, ‘एक वीर योद्धा’ का रूपमा चिनिए (न्यायकर्ता ११:१), अनि बाइबलमा उल्लेख गरिएका अब्राहाम, मोशा, एस्तर, रूथ, र दाऊद जस्ता महानतम् नायकहरूसँगै उनको नाम पनि लेखियो । इन्कार, दुव्र्यवहार, विद्यालयबाट अनुपस्थित हुने, रिस, कुलत, र हिंस्रकपन— यी कुनै पनि कुराले तपाईंको प्रतिज्ञाको सन्तानलाई प्रयोग गर्नबाट परमेश्वरलाई रोक्न सक्दैनन्, यदि तपाईंले ‘धाँदोमा उभिनुभयो’, उनीहरूका निम्ति प्रार्थना गर्नुभयो, अनि उनीहरूमाथि परमेश्वरको वचन बोलिरहनुभयो भने । ‘धाँदोमा उभिनु भनेको के हो ?’ भनी तपाईंले सोध्नुहोला । यो भनेको जे छ अनि जे हुन सक्छ बिचको भिन्नता हो । अर्थात् तपाईंको सन्तान अहिले जे छ अनि भविष्यमा ऊ को बन्नेछ भनी परमेश्वरले जान्नुहुन्छ भन्ने बिचको भिन्नता हो ।
आत्मिक भोजनः न्यायकर्ता १२–१५, मत्ती १२: ३८–५०, भजन ४७, हितोपदेश १३: ११–१२
Discussion about this post