ललितपुर- बैशाख २, नयाँ वर्ष २०७३ सालको अवसर पारेर पारस्परिक युवा समूहको आयोजनामा तेश्रो युवा उत्प्रेरणा कार्यक्रम(3rd Youth Revival Explosion Conference-2073) ललितपुरको सानेपा स्थित आराधना चर्चमा सम्पन्न भएको छ। कार्यक्रममा उपत्यकाको काठमाडौ,ललितपुर र भकतपुरका विभिन्न मण्डलीबाट युवाहरुको सहभागीता रहेको थियो। कार्यक्रममा किर्तिपुरको United Youth Ministries संगित झुण्डले आराधनामा अगुवाई गरेको थियो। युवा उत्प्रेरणा कार्यक्रममा पारस्परिक युवा समूह कै सदस्य रजनी बि.सी. सञ्चालक हुनुहुन्थ्यो। भुवन देवकोटाले युवावस्था र यौन र पा. आनन्द तामाङले “भविष्य छनौटको विषयमा कार्यक्रममा उपस्थित युवाहरूविच सिकाउनुभएको थियो। कार्यक्रममा जीवन गवाहीका साथै विभिन्न मण्डलीबाट नृत्य, गीत लगायतका प्रतिभाहरू प्रस्तुत गरिएको थियोl कार्यक्रम संयोजक सिमियोन रोक्काले धन्यवाद ज्ञापन गर्नुभएसंगै प्रमुख अतिथि एल्डर दयाराम पोखरेलको कार्यक्रमको अन्तिम प्रार्थना गर्नुभएको थियो। स्मरणिण छ, पारस्परिक युवा समूह “युवा अवस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ” भन्ने बाइबलको शिक्षालाई आत्मसाथ गर्दै युवाहरूको विचमा सेवारत समुह हो।
Discussion about this post