• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, May 14, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धार्मिक, सामाजिक सद्‍भाव कायम राख्‍नुपर्छ: सांसद घले

by Sarju Rijal
March 28, 2016
in News & Events
Easter Celebration Lamjung. Photo by Bishop Narayan Sharma (Facebook)
Easter Celebration Lamjung. Photo by Bishop Narayan Sharma (Facebook)

लमजुङ इसाई समाजको आयोजनामा पुनरूत्थान दिवसको विशेष समारोह सम्पन्न भएको छ।  कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद जमिन्द्रमान घले हुनुहुन्थ्यो भने कार्यक्रमका प्रमुख वक्ता विशप डा नारायण शर्मा हुनुहुन्थ्यो। कार्यक्रममा ब्यबस्थापिका संसदका सदस्य एवं एमाले नेता जमिन्द्रमान घलेले धार्मिक र सामाजिक सद्भाव कायम राख्‍नु पर्नेमा जोड दिनुभयो। इसाई समाज लमजुङद्वारा आयोजित ख्रिष्टको पुनरुत्थान बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै सांसद घलेले यस्तो बताउनुभएको हो।

संविधानले सबै धर्मलाई बराबरी अधिकार दिएको भन्दै उहाँले सबैले आ-आफ्नो धार्मिक विश्वास अनुसार गतिविधी गर्न पाउने बताउनुभयो। उहाँले धार्मिक गतिविधी गर्दा अन्य धर्म र विश्वास माथी सम्मान गर्न समेत आग्रह गर्नुभएको थियो। “धर्म र जात जातिका कुरा संवेदनशिल हुन्छन्” सांसद घलेले भन्नुभयो “एकले अर्कोलाई होच्याउने, हेला गर्ने हो भने द्वन्द हुन्छ।”
मुलुकको सविधानमा धार्मिक स्वतन्त्रता उल्लेख गरिसकिएकोले राज्यले सबै धर्मलाई समान दृष्टीले हेर्ने भन्दै उहाँले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भडि्कन दिन नहुनेमा जोड दिनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन जिसी, नेपाली काँग्रेस लमजुङका सचिव हर्रि्रसाद बराल र नेकपा एमाले जिल्ला सचिव कृष्णप्रसाद अधिकारी लगाययतले मन्तब्य राख्‍नु भएको थियो । बक्ताहरुले बहुधार्मिक मुलुकमा रहेका नागरिकहरुले एक अर्कामा धार्मिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए।
बिश्वभरका इसाई समूदायले येशू ख्रिष्ट मृत्यु पछि पुनरुत्थान भएको सम्झनामा इष्टर सन्डे उत्सव मनाउने गर्दछन् । शुक्रवारको दिन क्रुसमा प्राण त्याग गर्नुका येशूख्रिष्ट शनिवारको दिन चिहानमा रहेको र आइतवार बिहानै पुनरुत्थान हुनुभएको इशाइ बिश्वास छ।
येशूको पुनरुत्थान अवसरमा लमजुङ लगायत नेपालका बिभिन्न स्थानहरुमा विविध कार्यक्रम गरि उत्सव मनाइएको थियो । लमजुङ सदरमुकाम बेसीशहरमा भएको कार्यक्रम इसाई समाज लमजुङका अध्यक्ष ठाकुर गुरुङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रहरी नायब उपरिक्षक शम्भुप्रसाद ढकाल, अनुसन्धानका प्रमुख कुलबहादुर खड्का, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङका सचिव युवराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
यसैविच, लमजुङको राईनासटारमा पनि इष्टर सन्डेको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ। स्थानिय शान्ति चर्च र नवज्योती चर्च सातविसेको संयुक्त आयोजनामा सातविसे बजारमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा धार्मिक प्रवचन सहित बिबिध साँगितिक तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य स्वतन्त्र हमाल, शौभाग्योदय उमाविका प्रअ दिननाथ त्रिपाठी लगायतले मन्तव्य राख्‍नुभएको चर्चका अगुवा भेषबहादुर परियारले जानकारी दिनुभएको छ।

Easter Celebration Lamjung. Photo from Narayan Sharma (facebook)
Easter Celebration Lamjung. Photo from Narayan Sharma (facebook)

Related Posts

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

March 11, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In