काठमाडौं उपत्यकाव्यापी पुनरूत्थान महोत्सव २०७२ को र्यालीमा देखिएका प्ले कार्डका सन्देशले इस्टर सन्डे महोत्सव इसाईहरूको लागि मात्र नभइ सबै मानव जातीको लागि हो भन्ने सन्देश दिएको थियो। जसमध्ये यहाँ तस्वीरमा एक जना युवतीले समातेको प्ले कार्डमा लेखिएका शब्दहरू Jesus Loves you all हो। राजधानीको बाटो त्यसै व्यस्त हुन्छ, इस्टर सन्डेको दिन केही समय गाह्रो भएको थियो। आकाशे पुलको छेउबाट हिंडदा भिडलाई निकै गाह्रो भएको थियो तर प्ले कार्डमा लेखिएका सन्देशहरूले भने प्रेमका सन्देश दिएर पढ्ने जो कोहिलाई स्वतन्त्र हुने सन्देश, आनन्दका सन्देश दिएका थिए।
Discussion about this post