• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

संगीत संयोजनको आरोहमा आमोस

by Jagadish Pokhrel
December 17, 2015
in News & Events

aamosकाठमाडौं–धेरै विषयमा हामी परनिर्भर भएपनि अचेल नेपाली संगीत बजार भने आत्मनिर्भर छ । अचेल कुनै फिल्मी गीतको रेकर्डीङका लागि मुम्बई गइरहन पर्दैन । पाश्र्व गायनका लागि भारतीय गायक/गायिकाको खाँचो पर्दैन । किनकि स्वदेशमै एक से एक स्टुडियो, एक से एक सँगीतकार, गीतकार, गायक/गायिका र सँगीत संयोजक (एरेन्जर)हरू छन् । नेपाली संगीतमा यतिबेला पैसा खासै नहोला, तर प्रविधि र प्रतिभाको कुनै कमी छैन ।

पछिल्लो कालखण्डमा समृद्ध बन्दै गएको नेपाली संगीत बजारमा स्थापित प्रतिभा हुन्, आमोस तामाङ । यति चाँडो सफलताको शिखर चुमिएला भनेर सायद संगीत संयोजक आमोस तामाङले सोचेका पनि थिएनन् । एउटै क्षेत्रमा निरन्तर लागिरहँदा आखिर स्थापित भएरै छाडिदो रहेछ भनेर आज आएर आमोसले साबित गरेर देखाइदिएका छन् । केही बर्ष यता नेपालका केही सीमित राम्रा संगीत संयोजकको नाम लिनुपर्दा सँगीतकर्मीहरू आमोस तामाङको पनि नाम लिन्छन् । नाम लिने मात्र हैन, उनलाई काम पनि दिन्छन् । नाम र काम भएपछि दाम स्वतः आउने नै भयो ।

२०४२ साल बैशाख १८ गते गोरखा नगरपालिका–११ मा बुबा याम बहादुर तामाङ र माता जल माया तामाङका कोखबाट जन्मिएका आमोसले गोरखाकै महेन्द्र मा.वि. कुन्दूरटारमा पढे । स्कूल पढ्दादेखि नै उनमा गीत सँगीतको रूची थियो । जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रायः उनी हरेक पटक प्रथम हुन्थे । उनी तिनताक पप टाइपका गीत गाउँथे । मुलुकमा भर्खर पप गीतको लहर चलिरहेको थियो । भिम तुलाधर, हरिश माथेमा, सँजय श्रेष्ठका गीत खुबै हिट थिए । आमोस भने आपैm पप गीत बनाएर गाउँथे । यसरी कम्पोज र गायनमा उनी सानैदेखि अब्बल रहेको देखिन्छ ।

२०५९ सालमा एस.एल.सी. पास गरेपछि गायक बन्ने सपना बोकेर उनी काठमाडौं आए । उच्च शिक्षा हासिल गर्ने र सँगसँगै गायक पनि बन्ने भन्दै उनले कलानिधि इन्दिरा सँगीत महाविद्यालयमा चौथो वर्षसम्म शास्त्रीय सँगीतको अध्ययन गरे । उनी सँगीतका गुृरुहरू गणेश गुरूङ र धन बहादुर गोपालीका चेला हुन् । सँगीत पढ्दा–पढ्दै उनी केही रेकर्डीङ स्टुडियोहरूमा चार÷पाँच वर्ष रेकर्डीस्ट पनि भए । त्यसै क्रममा उनको भेट भयो, सँगीत सँयोजक महाराज थापासँग । महाराज थापासँगै उनले सँगीत सँयोजनका बारेमा आवश्यक ज्ञान हासिल गरे । करीब तीन वर्षसम्मको तालिम प्रशिक्षणपछि आमोसले व्यवसायिक रूपमै सँगीत सँयोजनको काम थाले । तीन बर्ष यता उनी पूर्ण व्यवसायीक, व्यस्त र भन्नैपर्दा ‘एक मिनट फुर्सद नभएका’ सँगीतकर्मी बन्न पुगेका छन् । रातोपाटीका लागि कुराकानी भइरहँदा पनि उनी सँगीतकार अर्जुन पोखरेलको नयाँ फिल्मको गीतको सँगीत सँयोजनमै व्यस्त थिए । एकातिर काम गर्दै अर्कोतिर कुराकानी गर्दै उनले आफ्नो बारेमा बताएका थिए ।

हो, आमोस अहिलेका व्यस्त सँगीत सँयोजक हुन् । उनीसँग अहिले कामको भ्याइ न भ्याइ छ । उनले हालसम्म अहिलेका जल्दा बल्दा सँगीतकारहरू सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, अर्जुन पोखरेल, गैरे सुरेश, सत्य÷स्वरूपराज आचार्य, राजु सिंह, राजनराज शिवाकोटीसम्मका सँगीतकारहरूसँग सहकार्य गरिसकेका छन् । उनले सँगीत सँयोजन गरेका गीतहरू दिनप्रतिदिन हिट भइरहेका छन् । देविका बन्दनाको ‘शुभकामना’ देखि जुनु रिजालको स्वरमा राजनराज शिवाकोटीको सँगीतमा तयार भएको गीत ‘कालो कालो केश मेरो मिठो मिठो बोली’ सम्मका गीत बजारमा आइसकेका छन् ।

हालसम्म ३,०००–३,५०० गीत एरेन्ज गरिसकेका आमोसले करीब दुई दर्जन गीतमा सँगीत भरिसकेका छन् । ‘तीन घुम्ती’, ‘पुनर्जन्म’ लगायत ४० वटा फिल्मका गीतमा सँगीत सँयोजन गरिसकेका आमोससँग अहिले थुप्रै फिल्मका गीत पाइप लाइनमा छन् । महिनामा १५ वटा भन्दा बढी गीतमा सँगीत सँयोजन गर्ने आमोसलाई गीतहरूको चाप बढ्दै गएकाले अहोरात्र काम गर्नु परिरहेको छ । उनलाई नै एरेन्ज गर्न दिइनुको खास कारण चाँहि एक त उनी पप, आधुनिक, फिल्मी सबै खालका गीत उत्तिकै गहन ढंगले एरेन्ज गर्न सक्छन् भने अर्को कारण हो, उनको एरेन्ज एकदम सफा हुन्छ ।

कुनै पनि गीतलाई सुन्दर बनाउन सँगीत सँयोजनको विशेष भूमिका हुने आमोस बताउँछन् । उनी भन्छन्, “गीतलाई सुन्दर बनाउन एरेन्जरको ठुलो भूमिका हुन्छ ।” सँगीत सँयोजनले गीतमा सौन्दर्य र शक्ति भर्ने उनको विश्वास छ ।

आमोस नेपालको क्रिश्चियन समुदायमा पनि उत्तिकै लोकप्रिय छन् । उनले क्रिश्चियन भजन र प्रभु येशू ख्रीष्टका सन्देशहरूले भरिएका थुप्रै गीतहरू गाएका छन् । ‘हे सबै थाकेका’, ‘चौतारीको छायामा’, ‘अल्लारे अल्लारे जोवन’, ‘आज छल्किएका’ लगायतका उनले गाएका क्रिश्चियन भजन निकै चर्चित छन् । यस्ता भजन उनले दुई दर्जन जति गाएका छन् । त्यसैगरी उनले एरेन्ज गरेका क्रिश्चियन भजनहरूमा ‘जब म प्रभुको भएर’ लगायत अरू थुप्रै भजनहरू लोकप्रिय छन् ।

साभार: रातोपाटी

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In