कार्तिक १६, तराइ क्षेत्रहरुमा अझै गर्मी भएपनि कर्णाली अञ्चलका हिमाली क्षेत्रहरूमा भने कार्तिक महिनाको दोस्रो हप्तादेखि चिसो बढेको छ। एक्कासी मौसममा परिवर्तन आइ कार्तिक ११ गते परेको पानी र १२ गते परेको हिउँले जुम्लाबासीहरूलाई आगो बाल्न वाध्य पारेको छ। विहान बेलुका बाटोमा घर आँगनमा बालकदेखि वृद्धसम्म आगो बालेर ताप्नमा व्यस्त देखिन्छन्। यो तस्वीरमा किराना पसल व्यवासायी बाटोमा आगो बालेर ताप्दै गरेको दृष्य देख्न सकिन्छ। फोटो- सर्जु रिजाल
Discussion about this post