• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मुक्ति मण्डली भवन समर्पण र अगुवा सम्मेलनको साथै तालिम सम्पन्न

by NC Reporter
October 1, 2015
in NC Photos, News & Events
Mukti Church, Ghorahi
Mukti Church, Ghorahi

मिति २०७२ असोज ३ गतेका दिन मुक्ति चर्चको भवन समर्पण कार्यक्रम सम्पन्न भएको छ। घोराही क्षेत्रका विभिन्न चर्चका पास्टर अगुवाहरूको उपस्थितिमा चर्च भवनको समर्पण कार्य सम्मपन्न भएको छ। पास्टर नर बहादुर शाह र पास्टर जंगु चौधरीले मुक्ति चर्चको व्यानर खोलेर उद्घाटन गर्नुभएको थियो भने चर्च भवन समर्पणको प्रार्थना पास्टर जीवन गुरूङले गर्नुभएको थियो। विभिन्न चर्चबाट आउनुभएका पास्टर अगुवाहरूले छोटो समयमा धेरै राम्रो काम गर्न सफल भएकोमा मुक्ति चर्च परिवालाई वधाई र शुभकामना सन्देश दिनुभएको थियो।

मुक्ति चर्चका पास्टर राम बहादुर पुनले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो र सोही क्रममा चर्च स्थापना गर्नको निम्ति परमेश्वरबाट पाएको बोलावट, चर्च स्थापना र चर्च भवन निर्माण सम्बन्धिको बारेमा जानकारी पनि गराउनुभएको थियो। चर्च भवन निर्माण गर्न स्थानिय साधन र श्रोतबाट भएकोमा आश्चार्य प्रकट गर्दै परमेश्वरप्रति धन्यवादी भएको बताउनुभएको थियो। चर्च भवनको लागि जग्गा स्थानिय सदस्यले दिनुभयो भने, चर्च भवन निर्माण गर्न स्थानिय एल्डर, डिकन, अगुवाहरू र सदस्यहरुको समूहले ठूलो सहायता गरेकोले आज चर्च भवन समर्पण गर्न सफल भएकोमा खुसी प्रकट गर्नुभएको थियो। कसैसँग पनि सहायता नलिएर मण्डली भवन निर्माण हुनुमा परमेश्वरको सहायताद्वारा सम्भवन भएको बताउदै भवनको वाहिरी भागमा पलास्टर, रङ्गरोगन गर्न र चर्चसम्म आउने बाटो बनाउनको निम्ति आवश्यक रकमको लागि प्रार्थना गरिरहेको कुरा समारोहमा बताउनुभएको थियो।
मुक्ति चर्चको ७ औं वार्षिक सभा र मण्डली भवन समर्पण तथा उद्घाटनको अवसरमा सर्जु रिजालले पवित्र बाइबलबाट सन्देश दिनुभएको थियो। बाइबलबाट सन्देश दिने क्रममा नेपालमा चर्च बृद्धि हुनुले राष्ट्रिय स्तरमै चर्चाको विषय भएको छ। कतिले गलतप्रकारले व्याख्या गरेपनि नेपालमा चर्च बृद्धिको साथसाथै समाजमा असल कार्य गर्न राष्ट्रप्रति जिम्मेवार हुन निकै ठूलो भूमिका रहेको बताउनुभएको थियो। जहाँ परमप्रभुका आराधकहरू, सेवकहरू, प्रेरितहरू, अगमवक्ताहरु अर्थात येशू ख्रीष्टमा विश्वास गर्नेहरूको भेला वा समूहलाई नै मण्डली हो। मण्डलीको शिर स्वयं येशू ख्रीष्ट आफै हुनुहुन्छ। परमेश्वरको आराधना गर्नको निम्ति मुक्ति चर्चलाई अचम्म तरिकाले परमेश्वरले चर्च भवन दिनुभएको कुरा पनि बताउनुभएको थियो।
सोही क्रममा मण्डलीले प्रत्यक्षरुपमा र अप्रत्यक्षरूपमा सामाजिक सेवा गरेर परमेश्वरको महिमाको काम गरेका छन् जसको एउटा उदाहरण बैशाख १२ र २९ गतेको भुकम्पले ठूलोमात्रा मानविय र भौतिक क्षति भएको अवस्थामा नेपालमा भएका चर्चहरू निश्वार्थरुपमा मानविय सेवामा विशेषगरी उद्धार, राहत वितरण र पुननिर्माणमा असल काम गरेका कुरा पनि भेलामा बताउनुभएको थियो।

चर्चको हेरचाह गर्न वा बाइबलको सिद्धान्त अनुरूप बनाउन परमेश्वरले पास्टर, एल्डर, डिकन, अगुवा तथा सदस्यहरूलाई प्रयोग गर्नुभएको छ। एउटा उदाहरण मुक्ति चर्च पनि हो। बि सं २०६५ साल असोज ४ गते घोराही बजारमा भाडाको एउटा कोठाबाट संगति सुरू भएको हो। परमेश्वरलाई धन्यवाद होस् अहिले १४ वटा चर्च स्थापना भएका छन्। मुक्ति चर्च आत्मिकीरुपमा बलियो हुनुमा र संख्यात्मकरूपमा बृद्धि हुनुमा बाइबलको व्यवहारिक शिक्षा पाउनुमा आइटीनको ठूलो भूमिका रहेको कुरा पास्टर अगुवाहरू बताउनुहुन्छ। मण्डलीको आर्थिक श्रोत र व्यवस्थापन सबै आन्तरिक श्रोतबाट हुने गरेको छ। कोही पनि अगुवाले चर्चबाट तलब लिनुभएको छैन।

चर्च भवन समर्पण कार्यक्रमपछि लगातार तीन दिनको अगुवा सम्मेलन भएको थियो। सम्मेलनमा मुक्ति चर्चका १४ वटा शाखाहरूबाट लगभग ७० जना अगुवाहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा चर्चमा पास्टर (विशप) , एल्डर, डिकनहरूको नियुक्ति, वोलावट र चर्चप्रति जिम्मेवारीको सम्बन्धका विषयहरूमा सर्जु रिजालले सिकाउनु भएको थियो। साथै नेपालमा भएका मण्डलीको संस्कार वा विधिहरू र बाइबलिय सिद्धान्तको बारेमा पनि सिकाउनुभएको थियो।
चर्च बृद्धिसँगसँगै अगुवा निर्माणको पनि खाँचो भएकोले सोही अवसरमा ७ जना अगुवाहरूलाई आइटीन शिक्षक तालिमको आयोजना भएको थियो। ७ जना अगुवाहरूले अब नयाँ ७ वटा मण्डलीमा बाइबल अध्ययन गराउनुहुनेछ । साथै चर्चको जिम्मेवारी पनि सम्हाल्ने जिम्मा चर्चले दिएको छ। तालिमको अन्तिम दिन पास्टर राम बहादुर पुनको हातबाट प्रमाण पत्र वितरण कार्य भएको थियो। पास्टरको प्रार्थनाद्वारा नै कार्यक्रमको समापन भएको थियो।

 

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In