• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्‍टमसको चिठी

by Janak B.C.
December 17, 2019
in Articles, Bible Study & Teaching

प्यारो मित्र बिर्खे,
धेरै-धेरै सम्झना र माया!

समय पनि कति चाडो बितेको होला, पौष महिना शुरू भएको थाहै भएन! जे होस्, तिम्रो परीवार तिर सबै ठिकै होला भन्ने आशा लिएको छु । यता तिर हामीहरू सबै कुशल-आरामै छौं ।अं, गएको बेला तिमीले ख्रीष्टमसको बारेमा केहि प्रश्न गरेका थियौं तर समयको अभावले तिमीसँग कुरा गर्न नै पाईन । अब यहि पत्रबाट ख्रीष्टमसको बारेमा तिमीलाई केहि लेख्न चाहन्छु ।

नेपालमा पौष लाग्यो की ख्रीष्टमसको कुरा शुरु भईहाल्छ । तर दुखको कुरा धेरै नेपालीहरूले यसको वास्तविकता बुझेकै छैनन् । अब के कुरा गर्नु, फेरी नेपाली ख्रीष्ट्यनहरुले पनि बुझ्नु आवश्यक छ ! हेर न, गएको सालमा हाम्रै शहरमा ख्रीष्टमसको बेला ख्रीष्ट्यनहरुले गाऊ-गाऊका चर्चबाट मानिसहरुलाई बजारमा भित्र्याएका थिए । किन यसो गरेको होला भनि मैले एकजना ख्रीष्ट्यनलाई सोधे, र उहाँले यसो भन्नुभयो, “हाम्रा ख्रीष्ट्यनहरू कति छन भनि मानिसहरुलाई थाहा हुनुपर्यो नि, राजनैतिक नेताहरुलाई हाम्रो पावर पनि थाहा लागोस् नी !” मलाई ती अगुवालाई देखेर दया पलायो, र पक्कै उहाँको सोच देखेर येशू ख्रीष्ट पनि टिठाउनु हुन्थ्यो होला ।

तर जे होस् म तिम्रो प्रश्नको जवाफ दिन तिर लाग्छु । ख्रीष्टमस के हो? यो कहिले देखी शुरुवात भयो? के ख्रीष्टमससँग येशू ख्रीष्टको केहि सम्बन्ध छ त ? के ख्रीष्ट्मस मनाउनका निम्ति येशू ख्रीष्टले आज्ञा गर्नुभएको थियो ? यस्तै-यस्तै बिषयमा रहेर तिमीलाई ख्रीष्ट्मसको बारेमा प्रष्ट पार्ने प्रयास गर्नेछु ।

यद्दपी ख्रीष्टमस भन्नाले येशू ख्रीष्टको जन्मलाई झल्काएता पनि हाम्रो समाज अर्थात चर्चमा देखिने चमक-झमकसँग येशू ख्रीष्टको कुनै सम्बन्ध नै रहेको पाईदैन । पहिलो कुरा, सान्टा क्लाउज । ख्रीष्ट्मस ताका सान्टा क्लावजको पहिरनमा मानिसहरू देखिने गर्छन । अख्रीष्ट्यनहरुले यसो गर्दा के पो नै भन्न सकिन्छ । उनीहरूले नबुझेकाले यसो गरे होलान भन्न सकिन्छ । तर केहि नेपाली ख्रीष्ट्यनलाई के भाको होला? अझै हाम्रो गाऊँमा सान्टा क्लाउज लगाउदै ख्रीष्ट्यनहरू ख्रीष्टमस मनाएको देख्दा मलाई अचम्भ लाग्छ बा ! ए बाबा, के को बिदेशी तरिका सिक्नु परेको होला? त्यो रातो सान्टासँग येशूको के लेनदेन ? यो सान्टा भनेको के हो भनि तिमी अचंभ मानौला! त्यो पनि प्रष्ट पार्न चाहन्छु । चौथौ शताब्दिमा एक जना मानिस – निकोलसको जन्म भएको थियो । उनी पछी गएर लुसियाको बिषप भए पछी उनलाई सेन्ट (पवित्र) निकोलस भन्न थालियो । उनले समाज सेवा गरेर धेरै नै ख्याति प्राप्त गरेका थिए। कालान्तरमा गएर रोमन क्याथोलिक चर्चले उनलाई सन्तको रुपमा पुज्न नै थाल्यो । युरोपियन एंव उत्तरी अमेरिकाका देशहरूमा डिसेम्बर ६ का दिन निकोलसको पर्व मानिन्छ । मानिसहरुको पहिलेको परम्परालाई निरन्तरता दिनका निम्ति त्यसबेलाका नयाँ ख्रीष्ट-विश्वासी झुण्डमा यो पर्वले येशू ख्रीष्टको जन्मको यादमा “ख्रीष्टमस” मनाएको पाईन्छ । याद गर, बाईबलमा कतैपनि ख्रीष्टमसको बारेमा चर्चा गरेको पाईदैन र येशू ख्रीष्टको जन्मसँग यसको कुनै सरोकारै छैन, न ता यसले येशू ख्रीष्टको जन्म डिसेम्बर २५ मा भएको हो भनि भन्दछ । यो त अन्य धर्म र विश्वासबाट लिएको पाईन्छ ।

दोस्रो कुरा, ख्रीष्टमस रूख । यो पनि येशू ख्रीष्टले शुरुवात गरेको होइन । यसको शुरुवातलाई मिश्र र ग्रीकहरूको संस्कृतिसँग जोडिएको छ । अझ भन्नु पर्दा ईतिहासलाई कोट्याउदै जाने हो भने ख्रीष्टमस ट्री – जर्मनी बाट, ख्रीष्टमस कार्ड- इङ्गल्याण्ड बाट र सान्टा क्लावज चाहि -अमेरिकाबाट भित्रिएको हो । यसको बाईबल र येशू ख्रीष्टसँग केहि सम्बन्ध राख्दैन । पछी गएर यूरोपले यो परम्परालाई ख्रीष्टमससँग जोडिदियो । अब हामी नेपालीहरुले यो विदेशी परम्परालाई किन जोड दिनुपरेको होला ! सायद त्यसैले हामीलाई विदेशी धर्म मान्ने भनि आरोप लगाईन्छ ।

बाईबलमा ख्रीष्टमस शब्द नभएपनि यसको बारेमा के भन्छ भनि तिमीलाई उत्सुकता लागेको होला । बाईबलमा एकजना वृद्ध व्यक्ति शिमियोन जसले यरुशलेमको मन्दिरमा येशू ख्रीष्टलाई पर्खिरहेका थिए ।(लूका २ :५-३२) उनको ख्रीष्टमस मनाउने तरिका अलि फरक थियो । उनले भनेका तीन शव्दहरुको बारेमा केहि कुरा तिमीलाई पनि भन्न मन लाग्यो । संसार अचम्मको छ, मित्र ! हरेक दिन विश्वमा जतासुकै लडाई, द्धन्द्ध, बम-बारुद, मृत्यूको खबरले नै समचार-पत्रहरु भरिएका हुन्छन् । सबैलाई भविष्यको डर र चिन्ता छ । तिमीलाई पनि आप्नो भविष्यको चिन्ता त निश्चय नै होला । बाइबलमा शिमियोनले खीष्टलाई भेट्दा आफुमा शान्तिको अनुभुति गरेका थिए । संसारले दिने शान्ति क्षणिक हुन्छ तर परमेश्वरले दिने शान्ति अनन्तको हुन्छ । यो शान्ति हराएर जादैन र मानिसले कमाउन पनि सक्दैन । तर यो परमेश्वरले मानिसलाई सित्तैमा दिनुहुन्छ । आज मानिसहरु शान्ति र आनन्द पाऊनका निम्ति विभिन्न असल कामहरु गर्दछन् । तर हाम्रा असल कामहरुले परमेश्वरको शान्ति पाउन सक्दैनौ । शिमियोनले ख्रीष्टलाई भेटदा उद्धारको अनुभव पनि गरेका थिए – दोस्रो महत्वपुर्ण सत्यता । के यो ख्रीष्टमसमा हामीले पनि त्यो मोक्ष वा उद्धार पाएका छौ ? यो गहिरो प्रश्न म तिमीसीत गर्न चाहन्छु । उद्धारको अनुभव बिना ख्रीष्टमस मनाउनुको कुनै अर्थ रहदैन । मानिस जन्मिदा नै पापी स्वभावमा जन्मेको हुन्छ । त्यसैले मानिसलाई पापबाट छुटकारा दिनको लागि येशू यस संसारमा आउनु भएको हो । यहि सत्यतालाई याद गर्नका लागि नै हामी सबै ख्रीष्टमस मनाउछौं । तर यदि उहाँको उद्धारलाई पाएका छैनौ भने ख्रीष्टमस उत्सव मनाउनुको के नै पो अर्थ रहयो र ! अन्त्यमा शिमियोनले येशूको आगमनलाई “मानव जातीलाई मार्गदर्शन (ज्योति) गर्नका निम्ति हो” भनेका छन् । हेर मित्र, मानिसको ज्ञान र बुद्धिले योजना सम्म गर्नसक्ला तर त्यो योजनाको बाटो तयार गरिदिने त परमेश्वरमात्र हुनुहुन्छ । मानिस कहिल्यै अध्यारोमा हिड्न सक्दैन । हिड्नका निम्ति ज्योती वा प्रकाशको आवश्यकता पर्दछ । येशू ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ । जब हामी अन्यौलमा हुन्छौ उहाँले हामीलाई सही बाटो देखाउनु हुन्छ । हामी बेचैन भएको बेलामा उहाँको शान्तिले हाम्रो हृदय भर्नुहुन्छ । आजभोलि धेरै मानिसहरुले ख्रीष्टमसको वास्तविक अर्थ नै नबुझि ख्रीष्टमस मनाईरहेका छन् । कत्तिले लहैलहैमा २५ डिसेम्बर को दिनलाई मिठो-मिठो खाने, राम्रो-राम्रो लगाउने र रमाईलो गरी मनाउनेमा मात्र सिमित राखेका हुन्छन् । कति परीवारमा ख्रीष्टमसले ॠण बोकाएर गईदिन्छ । त्यस्तो पश्चिमी सभ्यताको लहैलहैमा नेपाली ख्रीष्ट्यन नअड्केको होस् भन्ने मेरो प्रार्थना छ । ख्रीष्टको उद्धार पाएर ख्रीष्टमस मनाउनुको आनन्द नै बेग्लै हुन्छ । अन्त्यमा, परमेश्वरले तिमी र तिम्रो परिवारमा पनि ख्रीष्टको शान्ति, उद्धार एंव ज्योती ल्याउनुभएको होस् भनि प्रार्थनाका साथ बिदा चाहन्छु ।

परमेश्वरले तिमीलाई आशिष दिनुभएको होस् ।

उहि हितैषि मित्र
हर्के

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
New life in Christ

New life in Christ

July 9, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In