नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना राष्ट्रिय गौरवको रुपमा सुचीकृत

[ 0 ] June 4, 2019 |

काठमाडौं। जेठ २१, देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनामा परेको बुढी गण्डकी नदीको तस्बिर । बुढी गण्डकी नदी धादिङ र गोर्खा जिल्लाको सिमाना पर्छ।

जलविद्युत आयोजनाले डुबानमा पर्ने धादिङ र गोर्खाका २७ गाउँका जग्गाधनीलाई मुआब्जा बाँड्ने लक्ष्य राखिएको छ।
आ.व. २०७३/०७४ बाट मुआब्जा वितरणको कार्य जारी छ। प्राप्त जानकारी अनुसार, गत वैशाख मसान्तसम्म रु.२५ अर्ब १४ करोड बराबरको मुआब्जा वितरण भइसकेको छ।

कूल ४३ हजार ९३४ रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको र बाँकी रहेको १३ हजार ८१८ रोपनीको मुआब्जा वितरणको काम जारी छ । यस्तै धादिङको खहरे बजार र गोरखाको आरुघाटलगायतका स्थानको दुई हजार ४०० रोपनी जग्गाको भने मुआब्जा निर्धारण हुन सकेको छैन ।

Facebook Comments

Category: NC Photos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4