घरेलु उद्योग आर्थिक उपार्जनको लागि बलियो आधार (उत्पादित वस्तुहरूको फोटो सहित)

[ 0 ] March 31, 2018 |

इलाम- नेपालमा राजनैतिक परिवर्तनसँगै देश संघीयतामा गएपछि आर्थिक सम्वृद्धि र दिगो विकास हुने कुरामा यतिबेला जनतामा आशा पलाएको छ। हरेको देशको आर्थिक सम्वृद्धि र विकास हुनुमा देशको राजनीतिक स्थिरतामा भर पर्छ। विकाशोन्मूख राष्ट्रहरूमा राजनीतिक स्थिरता हुन नसक्नु नै मुख्य समस्या मानिन्छ। नेपालको नयाँ संविधान जारी र राज्य संघीयतामा गएपछि नेपाली जनताहरूमा केहि नयाँ जोश जाँगर र आर्थिकरूपमा सम्बृद्धि हुनेकुरामा आशावादी देखिन्छन्।
नेपालको सुन्दर र स्वच्छ सफा वातावरण मानिएको इलाम जिल्ला नगदेबालीको खानी मानिन्छ। इलाम जिल्लाको अलैचि र चिया अन्तराष्ट्रिय स्तरमा पनि गुणस्तर र राम्रो माग भएको मानिन्छ। त्यतिमात्रै नभएर जिल्लामा उत्पादित दूध पनि जिल्लामै उत्पादनको क्षेत्रमा खपत हुन थालेको छ। इलाम जिल्लामा सञ्‍चालित इलामेली ललीपप उद्योगले दूधबाट उत्पादित वस्तुहरू खुवा, ललिपप, मिठाई पूर्वाञ्‍चलका विभिन्न बजारहरूमा पुर्‍याउन सफल भएको छ। लगभग पाँच वर्षको अवधिमा ललिपपले राम्रो मार्केट लिन सफल भएको कुरा प्रोप्राइटर शुष्मा राई बताउनुहुन्छ।
उद्योगमा अहिले ४३ जना दिदीवहिनीहरूले रोजगारी पाएका छन्।
उद्योग सञ्‍चालनबाट आर्थिकरूपमा आफूलाई र कर्मचारीहरूलाई पनि सन्तोषजनक फाइदा भएको कुरा उद्योग सञ्‍चालिका शुष्मा राई बताउनुहुन्छ।
कुनै संस्थाबाट आयोजित ललिपप बनाउने तालिममा केहि वर्षअगाडि ४० जना दिदीवहिनीहरूले भाग लिने मौका पाएका थिए। लगभग १० वर्ष पछि तालिमबाट सिकेको सीपलाई उद्योगको रूपमा सञ्‍चालन गर्ने शुष्मा राई र अर्को इलाम बजारमै अर्को एकजनाले सुरू गर्नुभएको छ। इलाम जिल्लामा दुइवटा दूधबाट उत्पादित ललिपप, मिठाइ बनाउने घरेलु उद्योगहरू छन्।
इलाममा दोश्रो उद्योग दिवसको अवसरमा समारोहमा इलामेली ललिपप उद्योगकी प्रोपाइटर सुस्मा राई उद्योग र पर्यटन क्षेत्रमा विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो । इलाम जिल्लामा ललिपप उद्योग गुणस्तरमा राम्रो नमूनाको रूपमा चिनिएको छ। ललिपप, मिठाइको माग पनि बढ्दै गएको छ।
प्रोप्राइटर शुष्मा राई इलाम ब्याप्टिष्ट चर्चका पास्टर टेक बहादुर राईकी श्रीमति हुनुहुन्छ। चर्चमा सेवा पुर्‍याउदै, उद्योग सञ्‍चालनमा एक सफल उद्यमी पनि हुनुहुन्छ।
राज्यबाट साना घरेलु उद्योग, कृषि उत्पादन र नगदेबाली सम्बन्धिका व्यवसायहरूमा उत्साह, प्रवर्द्धन र सहुलियत दिन सकेमा आर्थिक सम्बृद्धितर्फ उन्मुख हुन राज्यलाई ठुलो टेवा पुग्‍ने छ।

इलामेली ललिपप उद्योग प्रोप्राइटर श्रीमति शुष्मा राई उद्योग दिवसको अवसरमा वाणिज्य संघ र उद्योगसंघबाट सम्मानित।

 

Facebook Comments

Category: NC Photos, News & Events