गजल
चुपचाप एकान्तमा (गजल)

चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन जिन्दगिको सारा भुलहरू सम्झेर पछुताउनु पर्दैन चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन….. धन्य हो त्यो मानिस, जो हिड्छ धार्मिकताको मार्गमा धन्य हो त्यो मानिस, जो हिड्छ परमेश्वरसित साथमा धन्य हो त्यो मानिस, जो हिड्छ निर्दोषहरूको बातमा रसिला उस्का आँखाले रातदिन पानी बगाउनु पर्दैन चुपचाप एकान्तमा आँशु […]
गजल

गजल इशाई मारी ख्रीष्टको राज्य छेक्न सकिदैन जति छामौं अँध्यारोमा सत्य देख्न सकिदैन भूटा आरोप र धम्कीले के डराउनु साथी ख्रीष्टविना यथार्थको पाईलो टेक्न सकिदैन उठौ, जागौं विश्वासी हो एक ढिक्का भई ख्रीष्टको प्रचार गर्ने मनलाई थेग्न सकिदैन आउँछन् जान्छन् चुनौतीका ठूला पहाडहरु येशूविना मुक्तिको इतिहास लेख्न सकिदैन –रेशम कुमार सुनुवार
गजल

सुसमाचारको राँको बाल्नु हाम्रो दायित्व शैतानको त्यो किल्ला ढाल्नु हाम्रो दायित्व ख्रीष्टविना अँध्यारो छ जीवन सबैको धार्मिकताको कदम चाल्नु हाम्रो दायित्व च्यातिएको अनगिन्ती सपना मान्छेको ख्रीष्टको महान प्रेमले टाल्नु हाम्रो दायित्व हिंड्दै जाँदा यात्रामा कहाँ पुग्छ को खराब कुरा सबै फाल्नु हाम्रो दायित्व सुनी राख रेशमको अर्ती वेला-वेला भलाईमा हात हाल्नु हाम्रो दायित्य रेशम कुमार […]