न्यु लाइफ भुटानीज नेपाली चर्च, ओमाहा नेब्रस्काले छैटौं वार्षिकोत्सव भव्यताकासाथ मनाएको छ। मार्च ८, २०१५ मा विशेष कार्यक्रमकासाथ वार्षिकोत्सव मनाइएको हो। अमेरिकामा रहेका नेपाली मण्डलीहरूमा अत्यन्तै छिटो वृद्धि भएको मण्डली एनएलबिएनसी अग्रस्थानमा छ। पास्टर फुर्वा तामाङ तथा उहाँको समूहले मण्डलीको अगुवाइ गर्नुहुन्छ। रामघाट मण्डली पोखराबाट जानुभएका एल्डर मिन थापाले यस मण्डलीमा एल्डरको भूमिका निभाउनुभएको छ।
Discussion about this post