आनन्द सुवेदी, पोखरा १२, मंसीर-
अन्तराष्ट्रिय कृषक अन्वेषण दिवस २०१४ को अवसरमा, ली-बर्डको आयोजनामा जील्का कृषि कार्यलय पोखरामा दुइ अन्वेषकहरुलाई पुरस्कृत गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि क्षेत्रिय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आचार्य र कार्यक्रमका अक्ष्यक्ष जिल्ला कृषि कार्यलयका प्रमुख रमेश कोईरालाले नवलपरासीका नारायण श्रेष्ठ लाई नगद रु १०,००० र जुम्लाका तिल बहादुर रावललाई रु १०,००० प्रधान गरि कार्यक्रम सम्पन्न गरे। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्षेक्रिय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आर्चायले ‘अनवेषण’ आगामि दिनमा कृषिको कोसेढुङ्गो हुनेछ भन्ने कुरामा जोड दिए, उनले भने ‘कतिपय ग्रमिण क्षेत्रहरुमा आधुनिक प्रविधिहरु पुग्न नसकेको भएपनि कृषक अनवेषणहरुले कृषिको क्षेत्रमा ठुलो योगदान पुर्याईरहेका छन्’। उनले कृषक अनवेषणलाई प्रोतसाहित गर्दै क्षत्रिय कृषि निर्देशनालयले पनि यस कार्यमा हातेमालो गर्ने जनाए।
त्यसैगरी जिल्ला कृषि कार्यलयका प्रमुख रमेश कोईरालाले आफ्नो मन्तव्य राख्दै, ली-बर्डले राम्रो कार्य गरिरहेको र ली-बर्डसित साझेदारी गर्न पाएकोमा खुसी लागेको जाहेर गरे। आफ्नो मन्तव्य राख्दै पर्यावरणिय विकाश केन्द्रका कार्यकारी निर्देशक बसन्त राणाभाटले अन्वेषण भन्ने कुरा मानव सभ्यताको उत्पक्ति देखिनै सुरु भएको कुरा बताए, उनले भने, ‘यसरी अन्वेषकहरुलाई पुरस्कृत गर्दा अरु अन्वेषकहरुलाई पनि कृषिमा चाहिने सुधारको लागि नँया खोज गर्न थप उर्जा मिल्नेछँ’। कार्यक्रममा पुरस्कृत अन्वेषक नारायण श्रेष्ठले पनि आफुले कसरी विद्युतबाट चल्ने धान झार्ने थ्रेसरको अन्वेषण गरे भनि बताए।
Discussion about this post