पोखरा – मंसिर ६, २०७१, आनन्द सुवेदी,
नेपालकै पहिलो मण्डली, नेपाल ख्रिष्टिय रामघाट मण्डलीले ६२ औं वार्षिक उत्सव मनाएको छ। उक्त कार्यक्रममा रामघाट मण्डलीका विभिन्न शाखा मण्डलीहरु जस्तै चाउथे मण्डली, आर्वा मण्डली र माटेमसिना मण्डलीको पनि उपस्थिती रहेको थियो। सो कार्यक्रमको संचालन रामघाट मण्डलीकी डिकन बुद्धिमाया गौतमले गर्नुभएको थियो। साथै सेवामा वचन बाँड्नको निम्ति सान्त्वना मण्डलीका पाष्टर डेभिड तामाङ्ग आउनुभएको थियो। उहाँले रामघाट मण्डलीका विश्वासीहरु केवल विश्वासीमा मात्र सिमीत नभई आफ्नो मण्डलीलाई प्रेम गर्ने साँचो विश्वासी हुनपर्ने बारेमा बताउनुभएको थियो।
उक्त सेवामा नेपाल रामघाट मण्डलीका संस्थापकहरुमध्येका दुइ जाना फिलीप गुरुङ्ग र उहाँकी श्रमिती माइली आमालाई रामघाट मण्डलीका एल्डर दिपेन्द्र कुमार गौतम र एल्डर वेदी प्रसाद सुवेदीद्धारा खादा ओडाइ सम्मान गरिएको थियो। त्यस्तै गरी उक्त सेवामा ख्रिष्टिय करार नबाँधि विवाह भईसकेका जोडीहरुलाई करार बाँध्ने मौका पनि दिईएको थियो। साथै वाषिर्क उत्सवको उपलक्ष्यमा नृत्य, विशेष गीतहरु र जलपान कार्यक्रम पनि रहेको थियो।
Discussion about this post