• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेतृत्व — स्वेच्छाचारी कि सेवामुखी

by Sarju Rijal
November 10, 2014
in Articles

narayan Khadkaपरिचय:  परमेश्वरले मानिसमा राखिदिनुभएको ज्ञान र सृजनात्मक क्षमताको चमत्कारले अघिल्ला पुस्ताहरुले कहिल्यै नचिताएका परिवर्तनहरु आज हामीले देख्न पाएका छौं। खासगरी विज्ञान तथा प्रविधिको आविश्कार र उपयोग एवं विश्वव्यापी सूचनाको पहुँचले मानिसको सोचाई र जीवनशैलीमा ल्याएको परिवर्तन वास्तवमै चकित पार्ने खालको छ। एवं प्रकारले नेतृत्व सम्बन्धी अवधारणा, अभ्यास र आकांक्षाहरुमा पनि खासगरी एक्काइसौं शताब्दीमा द्रूत परिवर्तन आइरहेको छ।

“नेतृत्व” अथवा ख्रीष्टका अनुयायीहरुको भाषामा “अगुवापन” यस्तो विषय हो जसमा हरेक मानिस चाहेर या नचाहेर कुनै न कुनै हिसाबले संलग्न हुनैपर्छ प्रत्यक्ष या अप्रत्यक्ष रुपमा। संसारमा कसैको नेतृत्वका कारण कसै न कसैलाई कहिं न कहिं सकारात्मक या नकारात्मक असर परिरहेको हुन्छ। पारिवारिक, सामाजिक, संस्थागत, राष्ट्यि या विश्वव्यापी रुपमा नेतृत्वको भुमिका र त्यसको प्रभाव ज्यादै महत्वपूर्ण हुन्छ। परिवारदेखि लिएर धर्म, राजनीति, व्यवसाय, समाज वा अन्य कुनै पनि क्षेत्रमा नेतृत्वको भुमिकाका कारण सम्बन्धित क्षेत्र सफलता या असफलतातर्फ उन्मुख भइरहेको हुन्छ। नेतृत्व सम्बन्धी परिवर्तित धारणाका नौला आयामहरुलाई नेतृत्ववर्ग, नेतृत्वका आकांक्षीहरु या सर्वसाधारण जोसुकैले पनि नबुझी धरै छैन। नेतृत्वको प्रकृति, तह, जिम्मेवारीको दायरा र आवश्यकता अनुरुप विभिन्न किसिमका नेतृत्व शैलीहरु हुन्छन् र खास समयमा खास किसिमका शैलीहरु प्रभावकारी रहन्छन्। तथापि, नेतृत्वमा भएका व्यक्ति विशेषको सोच, सिकाई, आकांक्षा, प्रवृत्ति र व्यक्तित्वका कारण समान भूमिका या जिम्मेवारीमा रहँदा पनि एक व्यक्तिको नेतृत्व शैली अर्कोको भन्दा भिन्न हुनसक्छ। नेतृत्वका सामान्यतया प्रमुख दुई शैलीहरुलाई यहाँ चर्चा गर्ने जमर्को गरिएको छ।

१. स्वेच्छाचारी नेतृत्व

सामान्यतया नेतृत्वमा पुग्नु भन्नाले शक्ति या अधिकार हासिल गर्नु, आदर, मानसम्मान पाउनु, उच्च स्तरको पद, ओहोदा पाउनु, अधीन गर्नु, हैकम चलाउनु आदि हो भन्ने आमबुझाई पाइन्छ। शताब्दीयौंदेखि यही अवधारणा नै हावी भयो। नेतृत्वमा हुनेले शक्तिको आड लिएर आफूलाई मालिक या शासकको रुपमा स्थापित गर्ने प्रचलन इतिहास र वर्तमानमा समेत सामान्य रहिआएको छ। नेतृत्वको यस्तो प्रवृत्तिलाई स्वेच्छाचारी या दमनकारी प्रवृत्ति भन्न सकिन्छ, किनकि नेतृत्वमा हुने व्यक्तिले आफूलाई अधिकारप्राप्त या शक्तिसम्पन्न अवस्थामा पाउँछ र अरुमाथि अधिकार जमाउनु, शासन गर्नु नै उसको एकमात्र ध्येय हुन जान्छ।
स्वेच्छाचारी प्रवृत्तिको नेतृत्वलाई कसैप्रति पनि जवाफदेही हुन मन पर्दैन बरु अरुमाथि आफ्नो प्रभुत्व कायम गर्न हरेक हथकण्डाहरु उपयोग गर्ने गरिन्छ। आफ्नो दर्शन नै अरु सबैको पनि पनि दर्शन हो या हुनुपर्छ भन्ने भ्रम हुन्छ। आफ्नो मातहतका व्यक्तिहरुप्रति सकारात्मक धारणा हुँदैन। उनीहरु अल्छी, जिम्मेवारी लिन नचाहने, सजिला कामहरु मात्र गर्न चाहने, स्वार्थी छन् भन्ने मान्यता राखिएको हुन्छ। “ज्यू”, “हजूर” भन्ने मानिसहरुको बीचमा घेरिएर बस्न मन पर्छ। बहस गर्नमा पटक्कै रुची हुँदैन। तार्किक कुराहरु सुन्दा झर्को लाग्न थाल्छ। पद, ओहोदाको खुब घमण्ड हुन्छ। अरुले आफूप्रति आदरार्थी शब्दहरुले सम्बोधन गरिदिउन् भन्ने मनमा उत्कण्ठा रहेको हुन्छ। भेट्दा, बोल्दा, उठबस गर्दा प्रदर्शन गर्ने हाउभाउमा समेत अरुले आफ्नो प्रभुत्व स्वीकार गरुन् भन्ने उत्कट चाहना हुन्छ। हरेक अवस्थामा आफूलाई पहिलो प्राथमिकता, आफ्नै बारेमा सदैब प्रशंशा सुन्ने चाहना तीब्र हुन्छ। सार्वजानिक समारोहमा हुने कुनै पनि कार्यक्रमहरुमा विशेष स्थानमा आसन ग्रहण गर्न मन त्यसै त्यसै लालायित भएर आउँछ। उपयुक्त आसन पाइएन भने भाउन्न छुट्छ, अपमानित भएको महशुश हुनथाल्छ। आदर, सम्मान पाइएन भने मनभित्र ज्वारभाटा उठ्न थाल्छन्।

स्वेच्छाचारी नेतृत्वको प्रवृत्ति या त्यसको उग्ररुप दमनकारी प्रवृत्ति येशूले सिकाउनुभएको सेवामुखी नेतृत्वको ठीक विपरित शैलीको नेतृत्वपन हो। यस्तो नेतृत्वशैली अपनाउने नेता या अगुवाहरुले अरुलाई दाससरह ठान्छन्, सोही अनुरुप व्यवहार गर्छन् र अरुका बिचार, भावना, योग्यता एवं योगदानको पटक्कै कदर गर्दैनन्। उनीहरु रचनात्मक आलोचनाहरु पनि ग्रहण नगर्ने, अरुले औल्याएका कमी कमजोरीहरु महशुश गरी आफूलाई सुधार्ने मौकाको रुपमा लिनुको सट्टामा, बरु प्रतिशोधका लागि उपयुक्त अवसर कुरेर बस्ने गर्छन्। कसरी अरुलाई भयभीत तुल्याउन सकिन्छ र नियम कानून, डर त्रास र शक्तिको प्रयोगबाट तह लगाउन सकिन्छ भन्ने सोच हुन्छ। अरुका सीप, योग्यता र क्षमताहरुलाई पहिचान गरी परिचालन गर्नुको सट्टामा हतोत्साहित गर्नु र निराश तुल्याउनुलाई आफ्नो कर्तव्य सम्झिन्छन्। अरुलाई शसक्त तुल्याएमा आफ्नो कुर्सी हल्लिने डरले सकेसम्म अरुलाई क्षमता अभिवृद्धि हुने अवसरहरुबाट बन्चित गराउँदा नेतृत्वमा हुनेहरुलाई आनन्दको महशुश हुन्छ। अरुको सृजनात्मक काममा हौसला दिनुको सट्टामा डर र इष्र्याले भित्रभित्रै जल्नु उनीहरुको नियति हुन्छ।

स्वेच्छाचारी नेतृत्वको प्रभावकारिता

वास्तवमा स्वेच्छाचारी प्रवृत्ति नेतृत्वका अन्य शैलीहरुभन्दा छिटो, छरितो र प्रभावकारी हुने सम्भावना रहन्छ। निर्णय प्रकृया र कार्य सन्चालनमा छरितोपन हुन सक्छ। संगठनात्मक सबलता र प्रशासनीक चुस्तता हुनसक्छ, जसका कारण नेतृत्वको यही प्रवृत्ति नै सही हो कि भन्ने भ्रम पनि पर्न सक्छ। तथापि, एकै व्यक्ति या सानो समूहको बिचार र निर्णय हावी भई एकाधिकार कायम हुनेहुँदा धेरै कमजोरीहरु हुनजान्छन्। नेतृत्वमा हुने बाहेक अन्य व्यक्तिहरुबाट जिम्मेवारीपूर्वक काम हुँदैन। मातहतमा काम गर्ने व्यक्तिहरुले सानोतिनो गल्ती हुँदा पनि ठूलो मूल्य चुकाउनुपर्ने भएकाले भय र त्रासको वातावरण हुन्छ। चुनौतिहरु आउँदा सामना गर्न कोही तयार हुँदैन, पन्छाउने प्रवृत्ति बढ्छ। बिरोध र असहमतिलाई दबाएर बस्नुपर्ने हुँदा भित्रभित्रै बिस्फोट हुने वातावरण निर्माण हुँदै गइरहेको हुन्छ। नेतृत्वका निकटतमहरुका बीचमा पनि अविश्वास र असुरक्षाको वातावरण हुने भएकाले कोही पनि निर्धक्कसँग जिउने अवस्था रहँदैन। सहकर्मीहरुका लागि स्वेच्छाचारी नेतृत्वलाई रिझाएर टिकिरहन या आशिर्वाद प्राप्त गरिरहनका लागि चाकरी गर्नु बाहेक अर्को उपाय रहँदैन। प्रमुख नेतृत्वमा हुने बाहेक अरु व्यक्तिहरुको विचार, सृजनात्मकताको कुनै स्थान नहुने भएकाले उनीहरुको महत्व गौण हुन्छ, उनीहरु केवल उपयोग मात्र हुन्छन् नेतृत्वको स्वार्थ पूरा गर्ने औजारको रुपमा। उनीहरुमा नैराश्यता, गनगन र गन्तव्यविहिनताको अवस्था हुन्छ। स्वस्फूर्त रुपमा निर्धक्क भएर काम गर्ने वातावरण रहँदैन। यस्तो नेतृत्व शक्तिशाली हुँदा समूहकार्य जटिल हुनथाल्छ। समूहमा रहेका अरु व्यक्तिहरुको भूमिका कि त न्यून हुँदै जान्छ कि त सीधै टकरावमा परिणत भएर आन्तरिक द्धन्द्ध बढ्न थाल्छ। स्वेच्छाचारी प्रवृत्ति अपनाउने नेतृत्वलाई अरुले दिएका रचनात्मक सुझाव सल्लाह पनि मानिलिन गाह्रो लाग्छ। अरुको विचार ग्रहण गर्दा आफ्नो नेतृत्व कमजोर भयो भन्ने भान पर्छ। यस्तो नेतृत्वबाट चर्को प्रतिशोध हुने भयका कारण बिरोधमा खडा हुन हत्पति कोही पनि तयार हुँदैन। पर्दा पछाडि धेरै गनगन हुन्छ तर सहनसक्ने अवस्था रहेसम्म कोही पनि बोल्न अघि सर्दैन। खुलस्त कुराकानी गर्ने वातावरण नहुने भएकाले सहकर्मीहरुले कतिपय भ्रमहरु बोकेर बसेका हुन्छन्। समूहमा विभिन्न बिचार, अनुभवहरु, सिद्धान्त र शैली अपनाउने मानिसहरुको सहभागिता हुने भएकाले स्वेच्छाचारी नेतृत्वलाई समूहमा मिलेर काम गर्न ज्यादै गाह्रो हुन्छ। यस्तो प्रवृत्तिमा मूल्य मान्यता तथा नैतिकताका विषयहरु पनि ओझेलमा पर्ने तथा इमान्दारिताका सवालहरु गौण हुने र स्रोतसाधनको दूरुपयोग अधिक हुनेहुँदा स्वेच्छाचारी प्रवृतिको नेतृत्व छोटो समयको लागि प्रभावकारी जस्तो देखिए तापनि दीर्घकालीन रुपमा यसले नकारात्मक परिणाम ल्याउँछ।

२. सेवामुखी नेतृत्व

आज नेतृत्व सम्बन्धमा ठूला ठूला अध्ययन अनुसन्धानहरु भएका छन्। इतिहास खोतलिएको छ। महान् व्यक्तिहरुका जीवनीहरु उजागर गरिएका छन्। महान् हस्तीहरुका नेतृत्वशैलीहरु बारे विवेचना भएको छ। नेतृत्वका सही या गलत कदमहरुका कारण के कस्ता परिणामहरु आए भन्ने बारेमा चिन्तनमनन भएको छ। सबै निष्कर्षहरुबाट प्रष्ट भएको छ कि नेतृत्व सेवामुखी हुनुपर्छ। ग्राहकलाई रिझाउन सकेमात्र व्यवसायिक नेतृत्वले सफलता हात पार्छ। जनतालाई खुशी पार्न सकेमात्र राजनीतिक नेतृत्व सफल हुन्छ। सेवाग्राहीहरु सन्तुष्ट भएमात्र कुनै पनि उत्पादनले बजार पाउँछ र प्रतिस्पर्धामा टिक्न सक्छ। नौला परिस्कृत सुविधाहरु ल्याए मात्र नयाँ प्रविधि टिकाउ हुन्छ। कठोर, हठी र दमनकारी नेतृत्व दीर्घकालीन रुपमा असल परिणाम ल्याउने गरी सफल भएको उदाहरण पाउन कठीन छ। यसैकारण विश्वले आज हरेक क्षेत्रमा सेवामुखी नेतृत्वको खोजी गरिरहेको छ। के सेवामुखी नेतृत्व आजको उपभोक्तावादी चिन्तनले ल्याएको आवश्यकता हो? बिलकुलै होइन, वास्तवमा सेवामुखी नेतृत्वका सिद्ध नमूना येशू प्रभु हुनुहुन्छ। आज विश्वले खोजी गरिरहेको सेवामुखी नेतृत्वको शैली या अभ्यास २००० वर्ष पहिल्यै प्रभु येशूले प्रदर्शन गरिसक्नुभएको थियो। उहाँले देखाउनुभएको नेतृत्व र त्यस सम्बन्धमा उहाँले दिनुभएको शिक्षाको महत्व र आवश्यकतालाई संसारको ज्ञानले बल्ल आएर एक्काइसौं सताब्दीमा बुझ्न शुरु गर्दैछ।
नेतृत्वको प्रमुख उद्धेश्य सेवा पाउनु होइन तर सेवा गर्नु हो। नेतृत्वको यो आधारभूत सत्यतालाई अङ्गिकार नगरी नेतृत्व गर्न अघि सर्नु या अगुवाको जिम्मेवारी वहन गर्न हतारिनु बाइबलिय शिक्षा विपरित छ। येशूले आफैंलाई सेवा पाउन होइन तर सेवा गर्नका लागि आएको हुँ भनी बताउनुभयो (मत्ती २०:२८)। उहाँले शिक्षा मात्र दिनुभएन तर सिकाएका कुराहरुलाई व्यवहारमा प्रदर्शन गर्नुभयो। उहाँले चेलाहरुमा दर्शन हालिदिनुभयो। उनीहरुलाई सक्षम तुल्याउनुभयो। उनीहरुलाई सेवा गर्न सिकाउनुभयो। यतिसम्म कि उहाँले तिनीहरुको खुट्टा धुनुभयो (यूहन्ना १३:३–१५)। उहाँले आफ्नो पछि लाग्नेहरुलाई नोकरको रुपमा होइन तर मित्रको रुपमा हेर्नुभयो (यूहन्ना १५:१५) उहाँले आफ्ना सहकर्मीहरुमाथि विश्वास गर्नुभयो र सुखदुखका आन्तरिक कुराहरु पनि बताउनुभयो (मर्कूस ६:७)। उहाँले आफ्ना अधिकार र जिम्मेवारीहरु बाँडेर चेलाहरुको क्षमता अभिवृद्धि गर्नुभयो (यूहन्ना २०:२१) र समूहको रुपमा निर्माण गर्दै उनीहरुलाई आफूले गरेका भन्दा पनि अझ ठूला कामहरु गर्नसक्ने सेवकहरुको रुपमा सशक्त बनाउन चाहनुभयो।
गलत उद्धेश्यले नेतृत्वको जिम्मेवारी लिने व्यक्तिहरु कस्ता हुन्छन् भनी येशूले मत्ती २३:१—७ का खण्डहरुमा बताउनुभएको छ। निरङ्कुश शासन गर्ने, ठूलाठालुहरुले अधिकार जमाउने किसिमको अवस्थालाई येशूले पूरापूर अस्वीकार गर्नुभयो (मत्ती २०:२५)।

निष्कर्ष

आमरुपमा पाइने नेतृत्वका प्रवृत्तिहरुझैं ख्रीष्टिय नेतृत्वमा पनि कतै स्वेच्छाचारी प्रवृत्ति हावी हुँदैछ कि भनी चिन्ता गर्नुपर्ने अवस्था आएको पाइन्छ। हाम्रो देशको सन्दर्भमा ख्रीष्टियमतको वृद्धि सँगसँगै आएका कतिपय विकृतिहरुमध्ये नेतृत्वको शैलीमा आएको विचलन पनि प्रमुख रहेको छ भन्न सकिन्छ। आफूले सम्पन्न गरेका सानातिना कामहरुलाई पनि अतिरन्जित बनाई प्रचारप्रसार गर्ने सञ्चारका माध्यममा छाइरहने चाहना, खासगरी पत्रपत्रिकामा आफ्ना ठूल्ठूला फोटोहरु छाप्ने होडबाजी, मन्च, पुल्पिट या सार्वजानिक थलोमा आफ्नै व्यक्तिगत र पारिवारिक कुराहरु, भोगेका समस्याहरु र प्राप्त उपलब्धीहरु बढाईचढाई गरी सुनाउने प्रवृत्तिहरु धेरै देखिन्छ। आफ्नो चाहना, सपना पूरा गर्नका लागि ख्रीष्टको नामलाई दुरुपयोग गर्ने, “सेवाकाई” गरिरहेको कारण आफू विशिष्ट प्राणी हुँ भन्ने सोच, डिग्री, अनुभव, प्रतिभा जस्ता घमण्डरुपी तत्वहरुको धाक, स्वार्थ, अहंकार एवं “म” “मेरो” प्रवृत्तिको वृद्धि भइरहेको अवस्थाले सेवारुपी हृदयलाई पक्कै पनि उजागर गर्दैन। आफ्ना कमजोरीहरु थाहा पाएको खण्डमा हेप्छन्, आफ्नो नेतृत्व कमजोर हुन्छ भन्ने मानसिकता, तथा भावी नेतृत्वका लागि अरुलाई सक्षम नबनाउने बरु उपयोग मात्र गर्ने प्रवृत्तिले स्वार्थीपन र पदलोलुप प्रवृत्तिलाई मात्र जनाउँछ। जवाफदेही हुनुपर्यो भने भाउन्न छुट्ने, पारदर्शिता भन्ने शब्द सुन्नै नचाहने, सहकर्मीहरुमाथि भारमाथि भार मात्र थप्ने, धोका पाइन्छ कि भन्ने डर र असुरक्षित भावनाले ग्रस्त हुने, जिम्मेवारी सही रुपले वहन नगर्ने तर आफूलाई सधैं अब्बल र सक्षम मात्र देखाउने प्रवृत्ति नेतृत्वमा रहेका या रहन चाहने अगुवाहरुमा हावी हुनु सुखद खबर अवश्य पनि हुन सक्दैन। यो चिन्ता कसैप्रतिको बिरोध या नकारात्मक सोच नभई बढ्दो विकृत प्रवृत्तिप्रतिको चासो र सरोकार मात्र हो।

वास्तवमा ख्रीष्टिय नेतृत्वको स्वभाविक चरित्र नै सेवामुखी हुनुपर्छ। किनकि ख्रीष्टका अनुयायीहरु भएर स्वेच्छाचारी नेतृत्वशैली अपनाउनु भनेको कपटीपन हो, फरिसीपन र सदूकीपन हो, ख्रीष्टलाई धोका दिनु हो र वास्तवमा उहाँको नाउँमा अपमान ल्याउनु हो। किनकि आमबुझाईको विपरित नेतृत्व भनेको पद या ओहोदा होइन। पदले नेतृत्वमा हुने व्यक्तिका लागि अवसरहरु सृजना गर्न सक्छ, तर ती अवसरहरु व्यक्ति या सानो समूहको स्वार्थको खातिर दूरुपयोग गरिनु स्वेच्छाचारिता हो। परमेश्वरको चाहना हरेक मानिसले उहाँको उद्धेश्य सृजनात्मक तरिकाले पूरा गर्न सकून् भन्ने हो, किनकि हामी उहाँका हातका सीपहरु हौं। परमेश्वरले संसारमा भएका हरेक व्यक्तिलाई आफ्नै स्वरुपमा तर अद्धित्तिय रुपमा सृष्टि गर्नुभएको छ। उहाँ सीमित व्यक्तिले असीमित क्षमता र सृजनात्मकताहरुलाई बन्धक बनाएर राखेको हेर्न चाहनुहुन्न। अरुलाई दास बनाएर होइन तर रिझाएर, सेवा पुर्याएर विश्वास आर्जन गर्न सक्नु नेतृत्वमा हुने व्यक्तिका लागि धेरै महत्वपूर्ण हुन्छ। एन्थोनी डीसुजा भन्छन्, “नेतृत्वको वास्तविक जाँच भनेको पछ्याउने मानिसहरु छन् कि छैनन् भन्ने कुरामा भर पर्छ। कुनै पनि व्यक्ति अगुवा हुनुपर्छ कि पर्दैन र उसको चिनारी अगुवाको रुपमा हुन्छ या हुन्न भन्ने कुरा आखिरमा निर्धारण गर्ने भनेको पछ्याउनेहरुले हो” (इम्पावर्ड लिडरशिप, पेज एक्स)। नेतृत्व अरुले स्वेच्छिक रुपमा स्वीकार गर्नुपर्ने विषय हो। वास्तवमा बाइबलको प्रष्ट शिक्षा छ कि आफूलाई आफैंले उचाल्नेहरु होच्याइनेछन् (लूका १४:११)।

परिवर्तनशील विश्वमा नेतृत्वको शैलीमा पनि परिवर्तन आवश्यक भएको छ। मण्डलीमा, संस्थामा, घरमा या दैनिक जीवनका कुनै पनि पलहरुमा तथा कुनै पनि प्रणालीहरु र संरचनाहरुमा परिवर्तन ल्याउने काम सम्बन्धित नेतृत्वको सहयोगबिना धेरै कठीन हुन्छ। स्वेच्छाचारी अर्थात् अधिनायकवादी नेतृत्वले परिवर्तनलाई आत्मसात गर्न सक्दैन, फलस्वरुप परिणाम डरलाग्दो हुनपुग्छ, जसको सबभन्दा ठूलो मार भने सर्वसाधारणले भोग्नुपर्छ। परिवर्तन सहभागितामूलक सेवामुखी नेतृत्वबाट मात्र सम्भव हुन्छ।
ख्रीष्टका अनुयायीहरुले नेतृत्वको सवालमा सधैं येशू प्रभुलाई हेर्नुपर्छ, जो नेतृत्वको सिद्ध नमूना हुनुहुन्छ। उहाँले सेवामुखी नेतृत्व अङ्गिकार गर्नुभयो। शक्ति, ओहोदा, अधिकारको बलमा अरुलाई नियन्त्रण गर्न आफ्नो पदको दूरुपयोग गर्दै हैकमवाद चलाउने स्वेच्छाचारी प्रवृत्तिमा होइन, तर उदाहरण भएर सेवाको हृदयमा नेतृत्व गर्ने र नेतृत्वका सिद्ध नमूना येशूले निर्माण गरिदिनुभएको सेवामुखी नेतृत्वको बाटोमा सही प्रकारले हिंड्ने नेतृत्व हाम्रो घरमा, मण्डलीमा, संस्थामा, समाजमा र राष्ट्मा होओस् भन्ने कामना गरौं, प्रार्थना गरौं (१पत्रुस ५:३)।

नारायण खड्का

Development Associates International
Kathmandu

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In