सबै ताडना शुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालीम पाएकाहरुका लागि यसले पछि धार्मिमकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ । ह्रिब्रु १२:११ । यसकारण जब मिद्यानी व्यापारीहरु त्यही बाटो भएर आए, तब योसेफका दाज्यूहरुले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरुका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरुले योसेफलाई मिश्रमा लगे।
एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरु कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्। तर आफ्नो लुगा तिनकै हातमा छोडेर योसेफ भागे, र घरबाट बाहिर निस्के। तपाईको नोकरले मसँग यस्तो व्यवहार गर्यो भन्ने कुरा जब योसेफका मालिकले आफ्नी पत्नीको मुखबाट सुने तब उनी रीसले राँकिए। उनले योसेफलाई राजाका कैदीहरु थुनिने झ्यालखानामा लगेर हालिदिए।
तब भीडहरु मिलेर तिनीहरुमाथि जाइलागे। शहरका हाकिमहरुले तिनीहरुका वस्त्र च्यातेर फालिदिए, र तिनीहरुलाई छडी लगाउने आज्ञा दिए। उनीहरुले तिनीहरुलाई निकै छडी लगाएपछि तिनीहरुलाई झ्यालखानामा हालिदिए, र झ्यालखानाका हाकिमलाई यी कैदीहरुलाई कडा निगरानीमा राख्ने हुकुम दिए। यस्तो हुकुम पाएर उनले तिनीहरुलाई झ्यालखानाको भित्री भागमा लगी तिनीहरुका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरु कैदीहरुले सो सुनिरहेका थिए।
यी दुबै खण्डमा हामीले देख्न सक्छौं निर्दोष व्यत्तिले पाएको सजाँय । योसेफ लगभग १७ बर्षो हुँदा उनका दाज्यूहरुले उनलाई बेचेका थिए र उनी पोतिफरको घरमा नोकर भएको समय उनलाई अर्को आरोप लाग्यो । र उनी झ्यालखानामा पुगे। त्यहाँबाट निस्कँदा योसेफ ३० बर्ष पुगेका थिए लगभग १२, १३ बर्षबिनाकारण दुःख र सजाँय भोग्नु पर्यो। पावल र सिलासले एउटा दुष्टात्मा लागेको मानिसलाई येशूको नाउँमा निको पार्दा छडी र झ्यालखानामा ठिँगुरामा बस्नु पर्यो, तर उनीहरुले कुनै गनगन नगरी सबोच्च परमप्रभु परमेश्वरसँग प्रार्थना गर्दै भजन गाइरहे। आज हामीलाई पुलिसले छडी लगाएमा र झ्यालखानामा हालेमा के पावल र सिलास जस्तै भजन गाउँन सक्छौं र परमेश्वरले उनीहरुका बन्धनहरुबाट छुट्कारा दिनुभयो र झ्यालखानाका हाकिमले अपहत्या गर्न लाग्दा उनलाई बँचाए र उनी र उनका परिवारको उद्धार भएको छ।
योसेफलाई बेच्नु पनि परमेश्वरको योजना नै थियो कनान देशमा भएका उनका परिवारलाई अनिकालबाट बचाउनलाई। यसकारण योसेफले आफ्ना दाज्यूहरुलाई भने, “तिमीहरुले मलाई बेचेकोमा अब दुःख नमान। आफैमाथि रीस पनि नगर, किनकी प्राणहरु बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरुका अगि यहाँ पठाउनुभएको हो। उत्पत्ति ४५:५।” यसकारण हाम्रो जीवनमा जे कुरा हुन्छ परमेश्वरकोर् इच्छा विपरीत केहि हुनेछैन। हाम्रो जीवन पनि दुःख कष्ट नआउने होइन, आउँछन् र हामीमा धैर्यताको आवश्यक्ता पर्दछ। दुःख हामीलाई खोजेर आउँछ तर सुख चाँही हामी आफैले खोज्नु पर्दछ। यो संसारमा अभाव, अन्याय, अत्यचार, दुःख, रोग, सतावट, हेपाई, घृणाहरुको खानी हो तर जब येशू आउनु हुनेछ। यी सबै कुराको अन्त हुनेछ। उहाँमा विश्वाससाथ भरोसा राख्नेहरु अनन्त महिमामा प्रबेश गर्ने छन्, त्यहाँबाट नकसैले हटाउन सक्छ न दुःख दिन नै सक्ने छ। जसरी हबकूकले भन्छन्, चाहे अञ्जीरका रुखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रुखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेडाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरु रहेनन् भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैं पार्नुहुन्छ, उहाँले मलाई अल्गा – अल्गा स्थानहरुमा जाने योग्यको तुल्याउनुहुन्छ।
धन्यवाद।
टेक भण्डारी
गोरखा हाल ललितपुर कुपण्डोल १
Discussion about this post