• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

समाजप्रति मण्डलीको प्रभाव

by Kamal Adhikari
August 31, 2014
in Articles
Kamal Adhikari
Kamal Adhikari

पाश्चात्य इतिहासमा यस्ता कालखण्डहरू छन् जहाँ परमेश्वरले समाज रूपान्तरणको लागि मण्डलीलाई प्रयोग गर्नुभएको छ। रोड्नी स्टार्कद्वारा लिखित द राइज अफ क्रिस्चियानिटी नामक पुस्तकमा लेखकले नाटकीय उदाहरणहरू प्रस्तुत गरेका छन्। स्टार्क अन्तराष्ट्रिय रूपमा चिरपरिचित समाजविद्साथै धार्मिक अभियानको अध्ययनमा विशेषज्ञ हुन्। तिनी बाइबल विद्वान् होइनन्। पहिलो शताब्दीको मण्डली वृद्धिमार् इश्वरीय हस्तक्षेपको भूमिकालाई तिनले जाँच गरेका छैनन्। बरु, समाज विज्ञानका सिद्धान्त र विधिहरूलाई तिनले उपलब्ध ऐतिहासिक जानकारीमा लागु गराएका छन्। तिनको अवलोकनमा ख्रीष्टियमतको उदय पाश्चात्य इतिहासको विगत २,००० वर्षमा भएको महानतम सामाजिक परिवर्तन हो। आफ्नो कृतिमा लेखक जाँच गर्छन् कि १२० जना मानिसको एउटा सानो, सतावट भोगेको, उत्पीडित, तिरस्कृत, आलोचित समूह ३०० वर्षभित्र पुरै रोमलाई रूपान्तरण गर्न सक्षम भयो -प्रेरित १ः१५)।
लेखक अवलोकन गर्छन् कि आदि ख्रीष्टियानहरूको सानो समूहले मानव-जातिबारे नयाँ दर्शनलाई परिचित गरायो। एउटा यस्तो दर्शन जुन ग्रिक र रोमी संस्व[mतिमा अपरिचत थियो। लेखकले यस्ता केही प्रारम्भिक ख्रीष्टियान विश्वास र अभ्यासहरूको पहिचान गरेका छन् जसले रोमी समाजमा एउटा क्रान्तिकारी परिवर्तन ल्याए र संसारलाई मानव-जातिबारे एउटा नयाँ दृष्टिकोणको सूत्रपात गराए।
१) गैरख्रीष्टियान संसारमा पहिलो पटक यस्तो परमेश्वरको परिचय गराइयो जसले उहाँलाई प्रेम गर्नेहरूलाई प्रेम गर्नुहुन्छ। यो एउटा क्रान्तिकारी परिवर्तन थियो। गैरख्रीष्टियान रोममा देवताहरूका आ-आफ्नै एजेन्डाहरू हुन्थे। प्रेम र प्रभुत्वको प्रतिस्पर्धा गर्दै तिनीहरूले आफ्नो धेरैजसो समय एक अर्कासँग झगडा गर्न बिताउँथे। तिनीहरूको पूजा गर्ने मानिसहरूमा तिनीहरूको खासै रुचि थिएन। तर ख्रीष्टियानहरूको परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई वास्तवमै प्रेम गर्नुहुन्छ।
२) यसका अतिरिक्त, परमेश्वरले मानव-जातिलाई प्रेम गर्नुहुने भएकोले र बलिदानद्वारा आफ्नो प्रेमलाई देखाउनुभएकोले ख्रीष्टियानहरूले पनि अरूलाई प्रेम गरी तिनीहरूको सेवा गर्नुपर्छ। यो क्रान्तिकारी अवधारणा थियो। साधारणतया गैरख्रीष्टियान रोमीहरूले आफ्नै परिवार, तिनीहरूकै वर्गका मानिसहरू र राजनीतिसाथै आर्थिक रूपमा फाइदा हुने बाहेकका मानिसहरूलाई प्रेम गर्दैनथ्ये। तर, यो नयाँ परमेश्वरले तत्त्वतः भन्दै हुनुहुन्थ्यो, “म तिमीहरूलाई प्रेम गर्दछु र मैले तिमीहरूलाई प्रेम गरेकाले रगतको सम्बन्ध, वर्ग, राजनीतिकसाथै आर्थिक साँठगाँठका बाबजुत पनि मैलेजस्तै तिमीहरूले प्रेम गरेको म चाहन्छु। तिमीहरूले गरिब र मर्कामा परेकाहरूलाई प्रेम गरेको म चाहन्छु। खास गरी संसारमा मामुली दर्जामा भएकाहरूलाई तिमीहरूले प्रेम गरेको म चाहन्छु।”
३) विश्वासीहरूको बिचमा भएको एउटा विश्वास र अभ्यास यस्तो थियो- कुनै श्रेणी वा जातिय विभेद छैन। यो एउटा पृथक विचार थियो। आराधना सङ्गतिमा एउटा खानदानी व्यक्ति र नोकर सँगसँगै आउँथे र एक अर्कालाई दाजुभाइ भन्थे। किन एउटा खानदानी व्यक्तिले एउटा नोकरलाई उसलाई दाजु भन्न दिने – किन खानदानी व्यक्तिले नोकरलाई भाइ भन्ने – मानवीय सम्बन्धको बारेमा भएको यो पूर्णत: नयाF दर्शन थियो।
४) अर्को एउटा अद्वितीय ख्रीष्टियान विश्वास थियो- परमेश्वर करुणामय परमेश्वर हुनुहुन्छ जसले करुणाको अपेक्षा गर्नुहुन्छ। यो गैरख्रीष्टियान रोमीहरूको अवधारणाभन्दा ठिक विपरीत थियो। रोम क्रूरताको लागि परिचित थियो। स्टार्कले एक जना सम्राट्को बारेमा उल्लेख गरेका छन् जसले आफ्नो छोरोको चौधौँ जन्म दिवस अनौठो तरिकाले मनाए। तिनले पेशेवार लडाकु मानिसहरूलाई लर्डाईंको निम्ति मनोरञ्जन स्थलमा ल्याए ताकि तिनीहरूले एक अर्कासँग लर्डाईं गरेर एकले अर्कालाई मारोस् अनि तिनको छोरोले त्यस दृश्यलाई देखोस्। ख्रीष्टियानहरू खास गरी गरिबहरूप्रति करुणामय भएकाले रोमीहरूले तिनीहरूको उपहास गर्थे। गरिबहरूलाई किन हेरचाह गर्ने भनी तिनीहरूले बुझन सक्दैनथे तर ख्रीष्टियान अभियानको त्यो एउटा केन्द्रिय विश्वास र अभ्यास थियो।
५) महिलाभन्दा पुरुष बढी मूल्यवान् हुन्छ भनी रोमीहरूले विश्वास गर्थे। पतिले आफ्ना पत्नी र छोराछोरीहरूलाई प्रेम गर्नुपर्छ भन्ने ख्रीष्टियान अवधारणालाई तिनीहरूले खिल्लिमा उडाउँथे। रोमी पतिहरूले पत्नीहरू र छोराछोरीहरूलाई सम्पत्ति ठान्थे। कानुनी नतिजाहरूको ख्यालै नगरी रोमी पुरुषहरूले आफ्ना छोराछोरीको हत्या गर्थे किनकि छोराछोरी तिनीहरूका सम्पत्ति थिए। त्यसैले आफ्नो सम्पत्तिमाथि आफ्नो इच्छाअनुसार तिनीहरूले रजाइँ गर्न सक्थे। नव ख्रीष्टियान धर्ममा मानिसहरूले आफ्ना पत्नीहरूलाई आफैलाई भैँ प्रेम गर्नुपथ्र्यो।
६) यसका अतिरिक्त, ख्रीष्टियानले गर्भपतन र शिशुहत्यालाई इन्कार गर्यो जुन रोममा उच्चस्तरीय अभ्यास थियो। युद्ध मैदानबाट आफ्नी श्रीमतीलाई एक रोमी सिपाहीले पठाएको चिठीलाई स्टार्कले उद्धृध गरेका छन्, “म घरमा आउनुअगिे तिमीले बच्चा जन्मायौ भने छोरो रहेछ भने सुरक्षित राख तर छोरी रहेछ भने मिल्काइदेऊ।” शिशुहरूका दर्जनौँ हड्डीहरू रोमका ढलहरू उत्खनन गर्दा फेला पारिए। स्टार्कको अनुमान छ कि यी ती अनपेक्षित बच्चीहरूका हड्डीहरू हुन्। तर यस नयाँ धर्ममा चाहे ती अपाङ्ग, अजात -नजन्मेको), स्त्री वा पुरुष, नोकर वा खानदानी सबैको जीवनको मूल्य उही छ। कस्तो क्रान्तिकारी अवधारणा †
७) आखिरी अवलोकन उत्तेजक छ। स्टार्क अवलोकन गर्छन् कि यी विश्वासीहरूले अरू मानिसहरूलाई प्रेम गर्थे चाहे ती ख्रीष्टियान हुन् या नहून्।
यो सजिलो कदम भने थिएन। स्टार्क बताउँछन् कि रोमका केही सार्वजनिक स्थल र पम्पे सहरमा गरिएको उत्खननको बारेमा सुन्दा रोममा जिउने विषयमा मानिसहरू सोच्न पनि सक्दैनन्। यी ठाउँहरूमा उच्च र मध्यम वर्गीय मानिसहरू बस्थे। गरिबहरू दूरस्थ क्षेत्रका फोहर र अति साँघुरा ठाउँहरूमा बस्थे। भत्कनै लागेका ती घरहरूमा तिनीहरू सुत्ने बेला मात्रै जान्थे। सरसफाइसम्बन्धी अभ्यास गौण थियो। बगिरहेको पानी थिएन न ता पाइखाना। मानिसहरूले दिशापिसाब गरेर झयालबाट त्यसै बाटोमा फ्याँक्थे। जब प्रचण्ड रोगले त्यस फोहोरी इलाकालाई पक्रन्थ्यो तब हरेक मानिस बिरामी पथ्र्यो। महामारीले कैयौँको ज्यान लान्थ्यो।
ख्रीष्टियमतले विश्वासको प्रमुख कर्तव्यको रूपमा प्रेम र परोपकारलाई जोड दियो। महामारीको उचाइमा ख्रीष्टियानहरूले बिरामीहरूप्रति करुणा र उदारता देखाउँदा के फरक पाथ्र्यो त? विस्मयकारी ढङ्गमा स्टार्क बताउँछन् कि त्यस्तो बेलामा थोरै मात्र स्याहारसुसार, वास्ता, खाना र वासस्थान पाउँदा तिनीहरूको जिउने अवसर वृद्धि हुन्थ्यो। ख्रीष्टियानहरूले त्यो अवसर जुटाइदिन्थे। ख्रीष्टियानहरू मर्नको लागि डराउँदैनथ्ये किनकि मृत्यु अन्त्य होइन भनी तिनीहरूलाई थाहा थियो।
अर्कोतिर, डाक्टरहरूलगाएत गैरख्रीष्टियान रोमीहरूले बिरामीहरूको सेवा गर्नुको कुनै कारण थिएन। सम्भव भएसम्म तिनीहरू सङ्क्रमित सहरहरूबाट भाग्ने गर्थे। सहरभित्रै बस्नेहरूले बिरामीहरूलाई बाहिर निकाल्थे अनि तिनीहरूलाई बाटोमा त्यसै छाडिदिन्थे।
ख्रीष्टियान धर्मले मानव-जातिको विषयमा मन छुने नयाँ दर्शनलाई अगाडि ल्यायो जसले धेरै मानिसहरूलाई ख्रीष्टियमततर्फ आकर्षित गर्यो। ख्रीष्टाब्द ४० मा ६ करोड २० लाख जनसङ्ख्यामध्ये कवल १,००० -०.००१७∞) विश्वासीहरू थिए। ख्रीष्टाब्द ३०० सम्म आइपुग्दा यो सङ्ख्या बढेर ६० लाख -जम्मा जनसङ्ख्याको १०.५०∞) पुग्यो। साढे दस प्रतिशत जनसङ्ख्याले समाज र संस्वकृतिमा यस्तो उल्लेखनीय रूपान्तरण ल्याइदियो कि सम्राट् कन्स्टेन्टाइनले ख्रीष्टाब्द ३१३ मा मिलानको विज्ञप्ती जारी गरे जसमा गैरख्रीष्टियान रोमी साम्राज्य ख्रीष्टियान रोम भएको घोषणा उल्लेख थियो।
मण्डलीले पारेको महान् सामाजिक प्रभावको सम्बन्धमा मण्डली इतिहासले अर्को साक्षी पनि उपलब्ध गराउँछ। सुधारवादको समयमा स्वीजरल्यान्ड, जर्मनी र हल्यान्डमा समाजहरू रूपान्तरित भए। वेस्लीको जागृतिको समयमा इङ्गल्यान्डमा पनि उही कुरो भयो। वेस्लीको जागृतिअगि पाश्चात्य जगत्का सबैभन्दा भ्रष्ट र अनैतिक समाजहरूमध्ये इङ्गल्यान्ड एक थियो। श्रमिकहरूको बिचमा केटाकेटी र स्त्रीहरूलाई दुर्व्यवहार गरिन्थ्यो। अनैतिकता व्याप्त थियो। लोभले साम्राज्यमाथि शासन गरेको थियो र ब्रिटिस दासप्रथालाई इन्धन हालेको थियो। ब्रिटिस दासप्रथा संसारले अहिलेसम्मै जानेको मानव-जातिको सबैभन्दा ठुलो व्यापार थियो। तर वेस्लीको जागृतिद्वारा जब बाइबलिय दृष्टिकोणलाई इङ्गल्यान्डमा भित्रयाइयो समाजमा उल्लेखनीय रूपान्तरणको अनुभूति भयो।
इङ्गल्यान्डमा दासप्रथाको उन्मूलनको लागि परमेश्वरले ब्रिटिस राजनीतिज्ञ विलियम विल्बरफोर्सलाई अगाडि सार्नुभयो। पहिलो वर्षमा विल्बरफोर्सले संसदमा दासप्रथाको निर्मूलनको कानुनलाई परिचित गराउँदा तिनको पक्षमा केवल एक मत खसेको थियो। त्यो पनि तिनको मात्रै। वर्षैपिच्छे दासप्रथा विरुद्धको कानुन निर्माणमा तिनी लागिरहे। तिस वर्षभन्दा बढी समयसम्म तिनी निरन्तर रूपमा लागिरहे। हरेक वर्ष तिनको पक्षमा भोट हाल्नेहरूको सङ्ख्या बढ्दै गयो। अन्ततोगत्वा १८०७ मा दासप्रथालाई कानुनबाट निर्मूलन गराइयो। कानुनतः दासप्रथा सधैँको लागि इङ्गल्यान्डबाट हट्यो। किन – ती वर्षहरूमा जागृति इङ्गल्यान्डभरि नै फैलँदै थियो। विल्बरफोर्सले आफ्नो आवश्यक भूमिका निभाए तापनि ख्रीष्टको देहको उल्लेखनीय प्रभावले गर्दा नै त्यो सोचाइको उदय भएको थियो। त्यस परिवर्तनले विल्बरफोर्सको दासप्रथा विरुद्धको अभियानलाई वास्तविकतामा परिणत गरिदियो। वास्तवमा विल्बरफोर्सले मेथोडिज्मका संस्थापक जोन वेस्लीलाई आफ्ना आत्मिक पिताको रूपमा हेर्थे।
मलाई लाग्छ कोसोभोमा पनि उस्तै खालको रूपान्तरणाले ठाउँ लिइरहेको छ।
(नोटः डा. रोबर्ट मोफिटद्वारा लिखित आलेख द रोल अफ द चर्च इन सोसाइटीको अंश हो यो। यो अनुमति पाएर अनुवाद गरिएको हो।)

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In