• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

निस्वार्थ प्रेममा पाइने आशिष्

by Sarju Rijal
July 10, 2014
in Articles

thankot– निलम आले

लुका ६:३८ ” देओ र तिमीहरुलाई पनि दिइनेछ। मानिसहरुले प्रशस्त परिमाणमा खाँदी-खाँदी बेसरी हल्लाएर, पोखिने गरि तिमीहरुको पोल्टामा राखिदिनेछन्।किनकी जुन नापले तिमीहरु दिन्छौ, त्यही नापमा तिमीहरुले पनि फिर्ता पाउनेछौ।”

प्रभु भन्नु हुन्छ देओ र तिमीहरुलाइ दिइनेछ । तर दिने कस्लाइ त? यो कुरा हामीले जान्नु वा बुझ्नु आवसेक छ। देऊ भन्नु भाकोछ भनेर संसारको मानिसहरुलाई जता भावी दिइने होइन।आज कति जना प्रभुका जनहरुले यो बचनको आत्मिक अर्थ नबुजेर जसलाइ पायो उसैलाइ दिन्छ अनि पछि पछुताउछ। त्यो भएर पहिला बचन पढ्दा वा सुन्दा प्रर्थना सहित तयार हुन जरुरिछ।

मैले यो बचनलाइ मनन् गरि प्रभुलाइ निस्वार्थ सेवा गर्ने अठोट गरे।2008/july/15 मा मैले हस्पिस्मा भोलेन्टर तालिम लिने मौका पाए।तालिम पछि हामिले त्याहा भोलेन्टर वा सहयोग गर्नु पर्ने थियो।हस्पिस् भनेको क्यानसर रोगले पिडित भइ ढाक्टरले समय तोकि दियेको बिमारिहरुलाइ राख्ने ठाउ।यहाँ राखीएको बिमारिहरु मृत्युको पर्खयाइमा बसेको हुन्छ। यो ठाउँ काठमाडौको थानकोट त्रिभुवन पाराक भन्दा अलिक माथि कोरियन मिसिनेरिहरुले खोलेको छ।याँहा काम गर्ने सबै नेपालि नै छ। तालिम दिनलाइ कोरियाबाट प्रभुका जन आऊनु भएको थियो। तालिम पछि हामिले कामले वा दामले सहयोग गर्नु पर्ने थियो।दामले सहयोग गर्नलाइ म अनुचित थिए मेरो आर्थिक अवश्था राम्रो थिएन।तेसैले मैले कामले सहयोग गर्ने जमर्को कसे।त्या हामीलाइ अप्सन थियो कामले नि दामले नि कसरि सहयोग गर्ने भनेर दिनदिनै,हप्तामा, माहिनामा, 15 मा, 6महिनामा वा बर्षमा ।त्येसमा मैले हप्तामा छाने म हर हप्ताको सोमबार जाने निर्णय लिए।

मैले भने बमोजिम म जाने थाले,जस्तो सुकै काम आइ परे पनि त्यो दिन त्या जान कहिले छुटाइन।अरु कताइ जानु छ भनेनि म मेरो आज त त्या जाने दिन हो भनेर भनिदिन्थे।मैले तेसो भन्दा मानिसहरुले मलाइ पछि कोरिया जान पाऊछ भनेरनि है भन्दै मलाइ छड्के हान्थ्यो तर म सुने पनि नसुने झैं गरि चुपचाप बाटो लाग्थे।म सोच्थे प्रभुले मलाइ आफ्नो अमुल्य रगतले किन्नु भएको छ,अरुबाट अलग्याउनु भएको छ त उहाँको ममाथि केहि न केहि योजना अवस्य होला।कुनै न कुनै उदेश्य उहाँ ममा राख्नु भएको होला र त मलाइ यो ठाउमा एसतो तालिम लिने मौका दिनु भयो।

मलाइ त्याहाँ मेरो आत्मिक आमा देबि स्रेष्ट दिदीले बोलाउनु भाको थियो।देबि दिदीले नै हामिलाइ प्रभुको राज्यमा डोराउनु भएको थियो।आज पनि उहाँ त्याहिँ काम गर्नु हुन्छ।तर मलाइ भने प्रभुले उहाँको काममा अन्तै खटाउनु भयो।

म त्या भोलेन्टरमा जाँदा जे अराउनु हुन्थ्यो म कुनै गुनासो नगरि चुपचाप गर्थे र सिदिए पछि घर फर्किन्थे।तालिममा हामिलाइ बिसतारामा थलिएको बिमारिको हेर चाह कसरि गर्नु पर्छ र के के कुरामा कसरि ध्यान पुराउन पर्छ भन्ने कुरा सिकाएको थियो।भोलेन्टरमा जादा सरसफाइ गर्ने तरिकाहरु सिक्ने मौका पाए।लुगा धुने मेसिन,मिक्रो ओभन,एसता सामानहरुलाइ नजिकबाट हेर्ने मौका पाए।मैले सोचेको थिइन त्यो मेरो जिवनमा उपयोग गर्ने समय पनि आउन सक्छ भन्ने, किनकि म ठान्दथे मेरो उमेर बितिसक्यो अब जे गर्नुछ छोरिले गर्छ भन्दथे।तर प्रभुको योजना मलाइ के थाहा?

म होस्पिस् जादै सेवा सँगति जादै दिनहरु बिताउदै थे।छोरि 10 बर्षको भैसकेको थियो पाँच कक्षामा पढ्दै थियो।त्यसतैमा मेरो श्रिमानलाइ मलाइ बिदेश पठाउने इच्छा भयो,किनकि उहाँ आफै जान असमर्थ हुनुहुन्थ्यो।उहाँ मुटुको रोगि हुनुहुन्थ्यो, सबै बिदेसिएको देख्दा उहाँलाइ नि रहर थियो तर अस्वसथको कारणले उहाँ जान सक्नु हुन्थेन त्यसैले मलाइ पठाऊने उहाँको इच्छा भयो। मलाइ भने पटकै बिदेसिन्ने मन थिएन।बिदेशमा नि काम घर भित्रको भने पछि त मलाइ जिउदै खाडलमा पुरे झै ठान्थे।हामि लोग्ने स्वास्निमा यो कुरामा निकै चर्का चर्कि भयो धेरै लामो समय साम्म। उहाँले मलाइ कति बचनहरुबाट सम्झाउनु हुन्थ्यो तर म भने बिदेश जान्न त्यो पनि रिणमा भो भनेर जिद्दि गरि रहे।

भन्दा नभन्दै हाम्रै मण्डलीको एक जना बहिनि यहाँ इस्राएलमा हुनुहुन्थ्यो उहाँले मेरो श्रीमानलाइ एता पठाउने सल्ला दिनु भएछ। अब त झन उहाँ आफ्नो कुरामा अडिक हुनु भो।मैले नि धेरै प्रार्थना गरे उहालाइ सम्झाउने भरसक कोशीश गरे केहि सिप नलागे पछि प्रभुमा आफूलाइ सुम्पिदिये।प्रभुलाइ भने मैले जति कोसिस गर्दा नि रोक्न सकिन उहाको इच्छालाइ सायेद तपाइको पनि येहि नै चाहाना होला र नै उहामा यो इच्छा उत्पन्न गराउनु भयो।अब उपरान्त तपाइमा नै भर परेर म अगि बड्दैछु साहयता गर्नुस मलाइ एति भनेर म यहाँको लागि कगज पत्र तयार गर्न थाले। भाषा पनि सिक्ने इच्छा गरिन कारण यहाँ भन्दा पहिला अर्को देश जानलाइ मैले भाषा सिकेको थे पछि ठग मात्र निस्यो तेसैले भए हुन्छ नभए सन्चो भन्ने हिसाबले बसे।तेसरी बस्दा बस्दै मेरो भिसा आयो म जानै पर्ने निश्चय भयो।

मलाइ भित्र -भित्रै पोलि रहेको थियो अर्काको देशमा अर्काको भेशमा कसरि आफुलाइ सम्हाल्ने होला भनेर। मण्डली परिवार आएर मलाइ बिदाइको प्रर्थना गरिदिनु भयो म भने चिन्ताले गलि सकेको थे,तर पनि जानु पर्ने बाध्येता थियो। 2008 मा तालिम लिएको थिए हस्पिस्मा भने 2009 मा बिदेशिनु बाध्य भए। 2009 जनवारि 31 मा म यहाँ आइ पुगे। म यहाँ कसरि आइ पुगे मैले त्यसको अनुभाव नै गर्न सकिन।किनकि म त मेरो श्रीमान र प्रभुको अगुवाइमा कदम बडाइ रहेको थे।

आएको भोलिपल्ट मलाइ काममा लगियो काम त सब हस्पिस् तालिममा सिकाकै पो गर्नु पर्ने रहेछ। मैले एक जना बूडि आमाको देखरेख गर्नु पर्ने थियो उहाँ हिनडुल गर्न सक्नु हुन्थेन।सधै wheelchair मा र bed मा मात्र बसाउनु पर्ने।खाना आफैले खुवाउनु पर्ने उहाँको सबै काम मैले गर्दिनु पर्ने।हस्पिसमा जसरि बिसताराको बिमारिलाइ हेरचाह गर्ने तरिका सिकाउनु भाको थियो तेसरि नै उहाँलाइ हेरचाह गर्नु पर्ने।म ढराइ रहेको थे, के काम गर्नु पर्ला ?कसरि सिक्ने होला भाषा बुझ्दैन के गरि गर्ने होला भनि तर प्रभु कति माहान हुनुहुन्छ मलाइ पहिलानै तालिम दि पक्का गराउनु भइ यहाँ ढोराउनु भएको रहेछ।यहाँ पनि मैले मृत्युको कुराइमा बस्नेहरुको हेरचाह गर्नु पर्ने रहेछ।

यसरी मेरो जिवनमा प्रभुको बचनले काम गर्यो “देओ र तिमीहरुलाइ पनि दिइनेछ।”यसैले म सबै प्रभुका जनहरुलाइ यहि सुजाउ दिन चाहानछु प्रभुलाइ दिने काममा कहिले दोधार नहौ। कामले, दामले,बचनले,बेबारले हर प्रकारले सधै अग्रसर रहौ।येदि मैले हस्पिस्मा भोलेनटर गर्न अरुले जस्तै झर्को मानेको भए मलाइ प्रभुले यो अवसर दिनु हुन्थ्यो र? त्यसैले जुन सुकै काम किन नहोस प्रभुले जुटाइ दिनु भएको हो सुल्क -निसुल्क जे भएनि प्रभुको निम्ति निश्वार्थ लागौ प्रभुमा इमानदार भइ पुरा गरौ।।

– निलम आले, हाल इस्राएल

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In