• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशूको सवाल जवाफ

by Jagadish Pokhrel
July 2, 2014
in Articles

nepali bibleसुमन राई

बाइबलले प्रष्ट बताउंछ कि येशू किशोर अवस्थादेखि नैै वाकपटुतामा प्रखर ठहरिनुभएको थियो (लूका २:४६) । वर्तमान समयमा विश्वासीहरु माझ टड्कारो देखिएको आवस्यकता यो पनि हो कि हरेक प्रश्नको सवाल जवाफ उचित तरिकाले दिन सक्नु । जसका लागि सयौं ठाउंमा आयोजना गरिने विभिन्न लिडरशीपको तालिम तथा क्याम्पहरुमा सहभागी भएर मात्र पर्याप्त हुंदैन, सही खुराक त येशूबाटै लिनुपर्छ ।

चालिस दिने उजाडस्थानको उपवासको भोकले विक्षिप्त बनेका येशूलाई सजिलै आफ्नो आज्ञामा झुकाउन सकिने ठहर शैतानले गर्यो । अझ परमेश्वरको वचनलाई नै प्रयोग गरेर येशूलाई परीक्षामा पार्ने रणनीति उसले लियो । शैतानले प्रस्तुत गरेको तीनवटा प्रश्नहरु मामूली चुनौतीपूर्ण थिएनन् । पहिलो, शैतानले येशूलाई भन्यो – ’यदि तपाई परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरुलाई रोटी बन्ने आज्ञा दिनुहोस् ।’ अब यो आज्ञा नमानेमा वा गर्न नसकेमा येशू परमेश्वरको पुत्र नहुन सक्ने खतरा स्पष्ट थियो । तर येशूले भन्नुभयो -’मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ ।’ यसरी येशूले नाशवान् रोटीको महत्वलाई परमेश्वरको वचनको अगाडि बेकम्मा तुल्याउनुभयो । वास्तवमा हामी यहि वचनको आधारमा बाँचेका छौँ । निहुँ खोज्नेले –’लु अबउसो तिमी भात नखाई बाइबल मात्र चपाएर बाँच’ भन्न बेर लाउँदैनन् । तर, यही वचनको कारणले अनन्तमा हामी ख्रीष्टमा विश्वास नगर्नेहरुभन्दा कति फरक हुँनेछौं भन्ने कुरामा विश्वस्त छौँ । दोश्रो, शैतानले येशूलाई मन्दिरको टुप्पोबाट हामफाल्नुपर्ने चुनौती दियो । येशूले यसो गरेमा स्वर्गदूतहरुले उनलाई हात–हातै थाम्ने कुरामा शैतानले आफ्नो विश्वस्तता परमेश्वरको वचनबाट प्रस्तुत गर्यो । येशूले त्यसलाई ’लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु’ भन्दै आफ्नो विमति जनाउनुभयो । कतिजना यसरी नै विश्वासबाट पर रहेर परमेश्वरको परीक्षा गरेकाछन् र आफू अनूकुल फलिफाप नहुँदा मण्डली आउनुको महत्वलाई धुमिल बनाईदिएकाछन् । तेश्रो, शैतानले आफूलाई दण्डवत गरेमा सारा संसारको मालिक बनाउने प्रलोभन येशूलाई देखायो । हामी यहाँ बाटोमा हिलो कुल्चेर हिँडेजस्तै सुनको बाटोमा हिँड्न पाइने स्वर्गीय राज्यको ढोका खोल्न आएका येशूलाई यो प्रलोभनले कतै छोएन । उहाँले भन्नुभयो–’तैँले आफ्नो परमप्रभु परमेश्वरलाई दण्डवत गर्नु, र उहाँको मात्र सेवा गर्नु ।’ यो विजयको कथा बाइबलको मत्ती ४:१-११ मा उल्लेख छ ।

यसरी येशूले शैतानको कुनै कुरामा पनि समर्थन जनाउनुभएन । येशूको यस्तो प्रतिक्रिया पावलको ’उज्यालोको अँध्यारोसँग के सँगति ?’ भन्ने वाक्याँशसँग मेल खान्छ, अर्थात हामी दुष्टताको कामहरुसँग कुनैपनि तरिकाबाट सम्झौता गर्न सक्दैनौँ । कतिपय अख्रीष्टियनहरुले उनीहरुलाई नै शैतान भनिएको भनेर आक्रोशपूर्ण गुनासो हामीलाई सुनाएका छन् । तर सत्यता यो होइन, हामी त सृष्टिको सुरुवातमा अदनको बगैँचामा सर्पको रुप धारण गरेर हव्बालाई छल्ने अदृश्य दुष्ट शक्तिको बारेमा कुरा गरेका हौँ, जो घमण्डको कारणले स्वर्गबाट फ्याँकिएको थियो र उसको हरेक क्रियाकलापहरुमा असहमति मात्र जनाएका हौँ । तर यस्तो गुनासोबाट माथि उठेर आफू परमेश्वरदेखि बरालिएको तथ्यलाई स्वीकार गरेर हराएको छोरो झैँ पितातर्फ फर्कनु चाँहि महत्वपूर्ण हो ।

सामरी स्त्री संगको भेटमा तिनले येशूसंग आफ्नो गोप्यता लुकाउन खोज्दा येशूले पहिले नै पांचजना लोग्ने भइसकेको र अहिले जो साथमा छ त्यो पनि उसको लोग्ने होइन भनिदिएपछि अन्त्यमा येशूको प्रभुत्व स्वीकार्न बाध्य भइन् र त्यहाँ ठूलो सु–समाचार प्रचार भयो (यूहन्ना ४:१६-४२) । येशूको आत्मसम्मानमा ठेस पुर्याउने उद्देश्यले फरिसीहरुले कैसरलाई तिर्नुपर्ने कर सम्बन्धी प्रश्न सोध्दा येशूले दिनुभएको जवाफ बहुत सान्दर्भिक छ (मत्ती २२:१५-२१) । यो सुनेर तिनीहरु चकित भए र उहाँलाई छोडेर गए । यस्तै घटना मत्ती २१:२३-२६ मा पनि पाउछौं ।

पूरानो करारमा बकाइदा लेखिएको कुरा यो हो, व्यभिचार गर्ने पुरुष वा स्त्री मारिनै पर्छ (लेवी २०:१०) । एकपल्ट येशू मन्दिरमा रहंदा एकजना व्यभिचारिणीलाई ल्याइयो र ढुंगा हान्न पाउनुपर्ने सल्लाहको माग गरियो, तर येशूले त्यस स्त्री मारिनुपर्ने आवस्यकता देख्नुभएन किनकी ती व्यक्तिहरुको उदेश्यको रहस्य विल्कुल फरक थियो । परिस्थिती जटिल भएपनि येशूले त्यस व्यभिचारिणीको जोखिमपूर्ण रुपमा उद्दार गर्नुभयो । शास्त्री फरिसीहरुको प्रश्नमा येशूको एक वाक्य सवाल जवाफ नै त्यस स्त्रीको जीवन बचाउन पर्याप्त भयो (यूहन्ना ८:१-८) ।

मृत्यूको संघारमा उभिंदा आफ्नो दुर्बलतामा पनि येशूको शक्तिशाली सवाल जवाफ दिने तरिकामा कुनै परिवर्तन आएन । ‘के तँ परमेश्वरको पुत्र होस् ?’ भन्ने प्रश्नमा येशूले भन्नुभयो–‘तपाईहरु नै भन्नुहुन्छ की म उही हुँ ’ (लूका २२:७०) । पिलातसले उहाँलाई सोधे–“के तिमी यहुदीहरुका राजा हौ ?” येशूले जवाफ दिनुभयो –“तपाईं नै त्यसो भन्नुहुन्छ” (लूका २३:३) । येशू आफैंद्वारा भन्दा पनि उनीहरुबाटै येशू को हुनुहुन्छ भन्ने कुराको घोषणामा केवल आफ्नो सहमति जनाउनुभयो ।

येशुका यी बोलीहरुमा सामर्थ्य थियो, दम थियो, आक्रोश थियो, विनम्रता थियो । आक्रोश चाँहि यो अर्थमा कि एकपल्ट परमेश्वरलाई प्रार्थना गर्नुपर्ने भवनमा मानिसहरु आफ्नो व्यापार–व्यवसाय गरिराखेको भेट्टाएपछि येशूले देखाउनुभएको स्वभाव केही रुपमा आक्रोशपूर्ण छ । एउटा भनाइ यस्तो पनि छ–‘कि असल बोल, कि ज्ञानी झैं चुप लागेर बस । बाइबलले प्रार्थनामा व्यर्थै नबरबराउनु भनेर चेतावनी दिन्छ । तर यो वचन कसैलाई सुसमाचार सुनाउनु, भीडसामु आफ्नो भनाइ राख्नु, साथै पुल्पिटमा गएर बोल्नुसँग पनि सम्बन्धित छ । आज हाम्रो अरुसंगको संवाद शैली कस्तो छ ? येशूको चेला भइटोपलेर ओजपूर्ण शब्दमा आफ्नो विचारहरु प्रस्तुत गर्न नसक्नु एक ख्रीष्टियन जीवनको व्यक्तित्व विकासमा एक खतरनाक चुनौती हो । यद्यपि हुर्काउने बढाउने परमेश्वर नै हुन्, हामी त बीऊ छर्ने, मल हाल्ने वा पानी छिम्क्याउने जस्ता मात्र हौँ ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In